back
CTIZAN AD

आन्तरिक तयारी नपुगेको भन्दै माओवादी स्थायी समिति बैठक स्थगित

वि.सं.२०७८ साउन १८ सोमवार

750 

shares

साउन १८, काठमाडौं । आज बस्ने भनिएको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आन्तरिक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।

माओवादी स्थायी समिति सदस्य गणेश शाहका अनुसार केहि विषयमा शीर्ष तहमा छलफल गर्न आवश्यक देखिएकाले बैठक स्थगित गरिएको हो । आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्री छान्नेलगायतका विभिन्न विषयमा छलफल हुने बताइएको थियो ।

माओवादी केन्द्रले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा यसअघि जनार्दन शर्माले अर्थ मन्त्रालय र पम्फा भुसालले उर्जा मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे, शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डललगायतको सरकारमा जाने चर्चा रहेको छ । माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी धेरै भएपछि कसलाई मन्त्री बनाउने भन्ने सकसमा नेतृत्व रहेको बताइएको छ ।

वि.सं.२०७८ साउन १८ सोमवार ११:३४ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...