back
CTIZAN AD

एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा

वि.सं.२०७८ साउन १९ मंगलवार

600 

shares

१९ साउन, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य किरण राईले प्रवक्ता पदबाट राजीनामा दिएका छन ।

राईले सातदोबाटोस्थित एन्फाको मुख्यालयमा पुगेर अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन । उनले केन्द्रीय सदस्य पदमा भने आफू यथावत् रहने समेत बताए ।

पछिल्लो समय एन्फा कार्यसमिति दुई खेमामा बाँडिदा तटस्थ देखिनुभएका राईले केन्द्रीय सदस्यको भूमिकामा फुटबलमा सक्रिय भएर लाग्नका लागि राजीनामा दिएको बताए । उहाँले आफू कुनै खेमामा पनि नजाने भन्दै आफूसँग सहीलाई सही र गलतलाई गलत भन्नसक्ने हैसियत भएको दाबी गरे ।

राईले एन्फा नेतृत्वको टकराबका कारण फुटबलको हित नहुने भन्दै वर्तमान फुटबलको समाधान चुनावबाट मात्र निस्कने बताए । “एन्फाभित्र जुन शक्ति सङ्घर्ष चलेको छ, यसको समाधान देखिँदैन”, उहाँले भन्नुभयो, “चाँडो जिल्ला र प्रदेश अधिवेशन सकेर ६–७ महिनाभित्र नयाँ चुनाव गर्नुपर्छ ।” अहिले एन्फामा अध्यक्ष कर्माछिरिङ पक्ष र वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङबीचको मतभेद चुलिँदै आएको छ ।

राईले पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयमा समेत आपत्ति जनाएका थिए । फुटबलभित्रको विवाद एन्फाभित्रै समाधान खोजिनुपर्नेमा युवा तथा खेलकुद मन्त्रालयलाई छानबिनका लागि सिफारिस गर्ने एन्फाको निर्णय राम्रो नभएको उनले उल्लेख गरे । उनले एन्फा कार्यसमिति बैठकमा सङ्घभित्रको समस्याको समाधान खोजिनुपर्ने धारणा व्यक्त गरे । अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट राई एन्फाको केन्द्रीय सदस्य जित्नुभएको थियो । अध्यक्ष शेर्पाले उनलार्ई एन्फा प्रवक्तामा नियुक्त गरेका थिए ।

वि.सं.२०७८ साउन १९ मंगलवार ११:१५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...