back
CTIZAN AD

प्राधिकरण छाड्न तयार रहेकाे हितेन्द्रदेव शाक्यको संकेत, भने– विकल्प चाहियो

वि.सं.२०७८ साउन २० बुधवार

645 

shares

साउन २०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले वैकिल्पक बाटो दिए प्राधिकरण छाड्न तयार रहेको बताएका छन् । बुधबार सरकारले पद छाड्न गरेको आग्रहबारे पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वैकल्पिक उपाय दिए सहजै प्राधिकरण छाड्ने प्रष्ट पारे । ‘वैकल्पिक बाटो दिए जान तयार छु’, उनले भने, ‘मेरो क्षमताअनुसार अहिलेसम्मको दक्षताअनुसार मलाई जहाँ जिम्मेवार दिएपनि सरकारले खटाएको ठाउँमा काम गर्न कुनै गाह्रो छैन ।’

पत्रकारहरुले सरकारले राजीमाना मागेको सन्दर्भमा अदालत जाने त होइन् भनि राखेको प्रश्नमा शाक्यले भने अन्याय नभए किन अदालत जाने भनि प्रतिप्रश्न गरे । ‘अन्याय भयो भने अदालत जाने हो, नत्र किन जाने ?’ उनले भने ।

प्राधिकरणबाट अपमानजनक नभई सम्मानजनक रुपमा बाहिरिन चाहेको संकेत शाक्यको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शाक्यलाई हटाएर पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा ल्याउन चाहेका छन् । मंगलबार देउवाको निर्देशनमा उर्जामन्त्री पम्फा भुसालले शाक्यलाई ठाउँ छाडिदिन आग्रह गरेकी थिइन् ।

वि.सं.२०७८ साउन २० बुधवार १६:०२ मा प्रकाशित

बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी २ सिखरकटेरीमा...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...