२० साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका नेता खनालको डा. अखिल मिश्रको नेतृत्वमा सर्जन डा सन्दीप गुलेरियाको टिमले बुधबार सफल रुपमा मिर्गौला प्रत्यारोपण गरेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।
असार २ गते उपचारका लागि दिल्ली लगिएका नेता खनालको अब केही दिन आराम गरेर नेपाल फर्किने पनि भट्टराईले जनाएका छन् । file photo
वि.सं.२०७८ साउन २० बुधवार १६:३७ मा प्रकाशित






























