१ भदौँ, काठमाडौँ । अफगानिस्तानबाट नेपाली नागरिकहरुको आगमन शुरु भएको छ। अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका मध्ये ११८ जना आज बिहान कुवेत हुँदै अमेरिकी चार्टर्ड विमानबाट काठमाडौं विमानस्थलमा आइपुगेको परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल टिव्टरमार्फत जनाएको छ ।
अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले साेमबार त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्याएको थियो । उनीहरु मध्ये ११८ जना नेपाल ल्याइएका हुन् ।
गृहमन्त्री बालकृष्ण खाँणले सोमबारै सरकारका विभिन्न निकायको पदाधिकारी सम्मिलित बैठकमा अफगानिस्तानमा रहेका नेपालीको उद्धार सम्बन्धमा आवश्यक निर्देशन दिएका थिए । सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि आइतबार एक कार्यदल गठन गरेको छ।
त्यहाँ अझै थुप्रै नेपाली उद्धारको पर्खाइमा छन् । केही नेपालीलाई रोजगारदाताले नै उद्धार गरेर दोहा पु¥याएका छन् । वैदेशिक रोजगार विभागले अफगानिस्तानमा नेपाली पठाएका म्यानपावर व्यवसायीमार्फत पनि उद्धारको पहल गरिरहेको छ । व्यवसायीले ३३० नेपाली दोहा पुगेको जानकारी दिएको विभागले जनाएको छ । उनीहरूलाई नेपाल फर्काउन पाकिस्तान सरकारले पनि समन्वय गर्ने भएको छ ।
Arrival of Nepali nationals from Afghanistan has started. 118 of them have arrived at Kathmandu airport by a Chartered aircraft via Kuwait this morning. @PaudyalBR @sewa_lamsal
— MOFA of Nepal ?? (@MofaNepal) August 17, 2021
वि.सं.२०७८ भदौ १ मंगलवार ११:३१ मा प्रकाशित






























