१ भदौ, काठमाडौँ । भिन्न भिन्न स्थानबाट अवैध लागूऔषध सहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–५ थलि मिलन चोकका सर्लाही हरिवन नगरपालिका–९का ४२ वर्षीय संजिव राई रहेका छन् । उनलाई १८ केजी अवैध लागूऔषध गाँजा र नगद १३ हजार रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी, धनुषा, जनकपुर उपमहानगरपालिका–४ मुरली चोकस्थित सडकमा बा.५ प १४० नम्बरको गाडीबाट १ सय २० किलो अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडाउपमहानगरपालिका–१९ सिरानचोक बेसीका ३२ वर्षीय विर बहादुर ब्लोन रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उक्त गाडीलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीभित्र रहेको पानीको ट्यांकीभित्र उक्त परिमाणको गाँजा सहित गाडी चालक ब्लोनलाई पक्राउ गरेको हो ।
यस्तै,कपिलवस्तु, कृष्णनगर नगरपालिका–८ बहादुरगंज चोकबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–२ पानी ट्याङ्कीका ३८ वर्षीय अखिल राना र लागूऔषध खरिद गर्न आएका प्युठान प्युठान नगरपालिका–८ खप्रिङ खोलाका २९ वर्षीय बिकास महोत्रा क्षत्री रहेका छन् ।
उनीहरुलाई सोमाबर साँझ प्रहरीले पक्राउ गरेको हो । लु.१५ प ११९४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बहादुरगंज र ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित मोटरसाइकल चालक रानालाई पक्राउ गरेको हो भने क्षेत्रीलाई नगद १४ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ भदौ १ मंगलवार १४:५४ मा प्रकाशित






























