back
CTIZAN AD

ओलीसँग नबस्ने घोषणा गरेका बामदेव किन गएनन् माधवको पार्टीमा ?

वि.सं.२०७८ भदौ १३ आइतवार

621 

shares

भदौ १३, काठमाडौं । एमाले विभाजन गर्न उस्काउने बामदेव गौतम विभाजन पछि भने दोधारे देखिएका छन् । एमालेमा नबस्ने घोषणा गरेका उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जान भने हिचकिचाई रहेका छन् ।

केहि दिन अघि मात्रै गौतमले आफुँ एमालेमा नरहेको लेखेर दिने बताएका थिए । तर, उनले सार्वजनिक अभिव्यक्ति दिए पनि औपचारिक रुपमा लेखेर भने दिएका छैनन् ।

किन अलमल छन् गौतम ?

गौतम माधव पक्षले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेको दिन पत्नी तुलसा थापासहित निर्वाचन आयोग पुगेका थिए । उनले सनाखतको लागि आफ्नो र पत्नी थापाको नाम पनि बुझाएको बुझिएको छ । तर, गौतमको निवेदनलाई आयोगले भने अस्वीकार गरेको थियो । बताइएअनुसार निवेदन अस्वीकार गर्छ भन्ने थाहा पाएरै उनी ढिलो आयोग पुगेका थिए ।

बताइएअनुसार गौतम एमालेमा नरहने तर माधव पक्षको पार्टीमा महत्वपूर्णं पदसहित जाने बारगेनिङ्गमा छन् । उनले उपप्रधानसहित २ मन्त्री मागेका छन् । साथै एमाले एकता गराउने भन्दै एकताको जिम्मेवारी पनि मागेका छन् ।

तर, माधव पक्षले उनको प्रस्तावलाई हालसम्म स्वीकार नगरेको कारण उनी दोधारे देखिएका हुन् । एमालेमा बस्न मन नभएका उनी माधव पक्षमा जाने सुरमा भएपनि बारगेनिङ्गमा सहमती नजुट्दा समस्यामा रहेको बुझिएको छ ।

माधव पक्षले पनि गौतमले राखेको बारगेनिङ्गलाई वास्ता गरेको छैन् । गौतमको पछाडि राम्रा र उपयुक्त पात्र नभएको र जनआधार पनि नभएको निष्कर्षसहित बारगेनिङ्गलाई सम्बोधन गर्न सकिने अवस्था नभएको माधव पक्षका एक नेताले बताए ।

सम्बन्धित समाचार

किन बोली फेरिरहन्छन् वामदेव ?

ढिलो निर्णय लिएका वामदेव दम्पत्ती अलपत्र, दुवैका सांसद पद पनि धरापमा

वि.सं.२०७८ भदौ १३ आइतवार १३:३६ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...