back
CTIZAN AD

पहिलो नेपाल आइडल गायक बुद्ध लामाले ल्याए ‘चन्चली’

वि.सं.२०७८ असोज ५ मंगलवार

621 

shares

पहिलो नेपाल आइडल विजेता लोकप्रिय गायक बुद्ध लामाको नयाँ गीत ’चन्चली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अविनाश राइको शब्द,संगीत र संजीव बराइलीको एरेन्ज रहेको गीतको भिडियोमा हिट गीत फुलबुट्टे सारीका मोडेल आनन सिंह र कुसुम गुरुङको अभिनय रहेको छ । भिडियोमा कुसुम र आननको अन्स्क्रीन केमिस्ट्री जमेको देखिन्छ ।
सर्वाधिक हिट गीत फुलबुट्टे सारीको मेल भर्सनबाट अभिनय यात्रामा पाइला सारेका आननको त्यसपछिको नायिका पुजा शर्मा सगको ’तिमी आउने जाने’ पनि हिट भएको थियो ।

’चन्चली’ भिडियोलाई अनुप चापागाईले निर्देशन गरेका छन् भने बुद्ध थापाको छायांकन र बिकास दाहालको सम्पादन रहेको छ । उक्त भिडियोलाई नेप्लिज एक्सट्रिम युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

May be an image of 2 people, people standing, outdoors and text that says 'ES WORLD STUDY IT'SA PRESENTATION OF YES STUDY WORLD Delta ENTERTAINMENT CAST KUSUM GURUNG CAST AANAN SINGH चंन्चुनी Chancha VOCAL BUDDHA LAMA ANUP CHAPAGAIN SANIEEV BARAILI SHYAMSHW SHYAMSE RASAIL PRISM RECORDING STUDIO AANAN SINGH KUSUM GURUNG BIMALA TAMANG SANTOSH DESIGN MANAGER SANTOSH BIKASH DAHAL BUDDHA THAPA GAUTAM MICHAEL LAMA ANUP CHAPAGAIN RELEASING ON असोज ४, सोमवार #MUSICVIDEO SANTOSDESIG'

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३९ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...