back
CTIZAN AD

अवरुद्ध भएका विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा

वि.सं.२०७८ कात्तिक ६ शनिवार

684 

shares

मोरङ । बेमौसमी वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध हवाई सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ ।

यही कात्तिक १ र २ गतेको अविरल वर्षापछि आएको बाढीले गत मङ्गलबार विमानस्थल डुबानमा परेपछि यहाँबाट हुने सबै उडान अवरुद्ध भएको थियो ।

विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकाले विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुने विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सव खरेलले जानकारी दिए ।

विराटनगरबाट हुने उडान सेवा अवरुद्ध भएपछि यात्रुको सुविधाका लागि विमान कम्पनीले विकल्पका रुपमा भद्रपुरबाट उडान थपेर भएपनि सेवा दिइरहेका थिए ।

विराटनगर विमानस्थलबाट दैनिक बुद्ध एयरको नौ, यति एयरको पाँच, सौर्य एयर र श्री एयरलाइन्सले चार÷चार तथा गुण एयरलाइन्सले एकवटा उडान भर्दै आएको छ ।
रासस

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:२६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...