back
CTIZAN AD

प्रचण्ड र माधव नेपाल अलग भएपछि पार्टीभित्र अब कुनै समस्या छैन–अध्यक्ष ओली

वि.सं.२०७८ कात्तिक ६ शनिवार

687 

shares

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनका लागि केन्द्रदेखि वडासम्म सर्वसम्मत बनाउने बताएका छन

पार्टीको वडा कमिटीको शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल रूपमा उद्घाटन गर्दै उहाँले पुष्पकमल दाहाल ‘प्रचण्ड’को आफ्नो पार्टी र माधवकुमार नेपालले फरक ढङ्गले अलग भएपछि एमाले पार्टी नयाँ ढङ्गले अगाडि बढेको बताए । उनले भने, “पार्टीभित्र अब ठूला समस्या रहेका छैनन् । यो खुशीको कुरा हो ।”

अध्यक्ष ओलीले विगत डेढ वर्षदेखि पार्टीभित्र अत्यन्त गम्भीर समस्या देखिएको उल्लेख गर्दै पार्टीबाट केही समूह अलग भएपछि अहिले ती समस्या आफैँ समाधान भएको बताए । “पार्टीमा केही समयअगाडि देखि आन्तरिक विषयलाई बाहिर लगेर छर्ने र विरोधीलाई उत्साहित बनाउने काम भइरहेको थियो,” उनले भने, “हामीले प्राप्त गरेको लोकतन्त्र र संविधानको रक्षा तथा विकासका प्रयासमा व्यवधान पु¥याउने, देशलाई गम्भीर घाटा र प्रतिगमनमा सहयोग पु¥याउने काम भएको थियो । तर पार्टीबाट केही मानिस छोडेर अलग पार्टी बनाएपछि अब पार्टी एक ढिक्का भएको छ ।”

अध्यक्ष ओलीले पार्टीविरुद्धको आन्तरिक र बाह्य साँठगाँठले पार्टी सरकारबाट बाहिरिनु परेको उल्लेख गर्दै प्रथम विधान महाधिवेशनले राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरेपछि पार्टीलाई थप उर्जा प्राप्त भएको बताए । उनले बाढी पहिरामा परेकालाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दै बालीनाली नोक्सानले किसानको जनजीवनमा असहजता पैदा भएको र घाइतेको उपचारमा ढिलासुस्ती नगरी जनतालाई राहत सुविधा पु¥याउन सरकारको ध्यानाकर्षण गराए ।

वडा कमिटी आधारभूत कमिटी भएको र जननिर्वाचित प्रतिनिधिको कार्यथलोका रुपमा रहेको बताउँदै उनले जनतालाई सेवा उपलब्ध गराउनुपर्ने भएकाले वडा कमिटीको बेग्लै महत्व रहेको उल्लेख गरे । “वडा कमिटी नेतृत्व विकास, कार्यदक्षता र समावेशी सन्दर्भमा यी अधिवेशनको विशेष महत्व रहेको छ,” उनल भने ।

अध्यक्ष ओलीले एमालेले विचार, व्यवहार र आचारणको हिसाबले देशलाई मार्गदर्शन गर्नुपर्ने धारणा राखे । उनले समृद्धि नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने हिसाबले नमूनाका रुपमा पार्टी अगाडि बढ्नुपर्ने बताए । “लोकतन्त्र भनेको कस्तो हुन्छ र कसरी अभ्यास गर्नुपर्दछ”, उनले भने, “सत्ता र प्रतिपक्षको भूमिका, राजनीतिक दल र तिनका जनवर्गीय सङ्गठनको भूमिका कस्तो हुनुपर्दछ । राज्य र राज्यको अङ्गको भूमिका कस्तो हुनुपर्दछ । त्यसले लोकतन्त्रको सही व्यख्याका साथ अगाडि बढाउनुपर्दछ ।”

अध्यक्ष ओलीले पार्टीले स्वच्छता र पारदर्शिता जस्ता कुरा अँगाल्नुपर्नेमा जोड दिदैं एमालेले लोकतन्त्रलाई भन्ने कुरा र अपनाउने कुरालाई फरक नमान्ने बताए । “हामी लोकतन्त्रलाई अर्कै स्वच्छचारिता मान्दैनौँ”, उनले भने, “लोकतन्त्र विधि र कानुनको शासन हो । त्यो विधि र रीति पु¥याउने कुरा जीवन्त ढङ्गले पालना गर्नुपर्दछ ।” उनले लोकतान्त्रिक प्रणालीमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताए । “प्रतिस्पर्धा अस्वच्छ होइन, स्वच्छ हुनुपर्दछ । जालझेल कपट होइन । राज्यका अङ्गको अनुचित दुरुपयोग गरेर होइन,” उनले भने, “सबैको सदुपयोग गरेर मात्र लोकतन्त्रको मूल्यमान्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्दछ ।”

अध्यक्ष ओलीले चारैतिरबाट पार्टीको उद्देश्य र आन्दोलनलाई हमला भइरहेको र त्यसको प्रवाह राष्ट्रको समुन्नत उज्ज्वल भविष्यमाथि परिरहेको उल्लेख गर्दै छलकपटपूर्ण हमला बाबजुद पनि सबै ठाउँमा पार्टी मजबुद रहेको दाबी गरे । “हामी संसद् र एउटा प्रदेशबाहेक अरूभन्दा ठूलो शक्तिमा छौँ । स्थानीय तहमा पनि ठूलो नै छौँ । हाम्रो गणना एक नम्बरमा नै हो । राजनीतिक, वैचारिक ढङ्गले हामी देशको ठूलो पार्टी हाँै”, उनले भने । अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै बहुमत ल्याउने तयारीमा रहेको बताए ।

एमालेले राष्ट्रिय महाधिवेशनको तयारीका लागि आज देशभरि करिब ६ हजार ५०० वडामा वडा कमिटी अधिवेशन गर्दैछ । यस्तै यही कात्तिक ९ गते स्थानीय तहको अधिवेशन गरिने कार्यतालिका रहेको छ ।

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...