काठमाडौं । आज देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ।
मौसम पूर्वानुमान महा शाखाका अनुसार आज देशका थोरै स्थानहरुमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै राती पनि उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज काठमाडौंको न्यूनतम १४.५ र अधिकतम तापक्रम २५.५ डिग्री मापन गरिएको छ ।
वि.सं.२०७८ कात्तिक १० बुधवार ०८:२२ मा प्रकाशित






























