काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेका छन्। न्यायाधीशहरु राजीनामा माग्दै विरोधमा उत्रिरहेका बेला उनले आफुसहितका अन्य न्यायाधशिका लागि इजलास तोकेका हुन् ।
प्रधानन्यायाधीश जबराले बुधबारका लागि आफूसहित वरिष्ठतम् न्यायाधीशहरु रहेको संवैधानिक इजलासमा पनि पेसी तोकेका छन् । राणाले आफू एक्लै बस्न मिल्ने गरी ५ वटा मुद्दाको पेसी तोकेका छन् । उनले आफ्नै इजलासमा लुम्बिनी प्रदेशका सभामुख पूर्णंबहादुर घर्तीविरुद्वको मुद्दा तोकेका छन् ।
सबैजसो न्यायाधीशहरु राजीनामा माग गर्दै इजलास बहिस्कार गरेको बेला प्रधानन्यायाधीश राणाले आफू एक्लै भएपनि मुद्दाको सुनुवाई गर्न खोजेका छन् । उनले सबैजसो न्यायाधीशले गरेको विरोधलाई वेवास्ता गर्न खोजेको पनि देखिन्छ ।
प्रधानन्यायाधीशको भूमिकामाथि प्रश्न उठाउँदै न्यायाधीशहरु मात्रै नभई बार एसोसिएसन पनि राजीनामा माग गरेको छ । बारले राजीनामा नदिए देशभरि आन्दोलन गर्ने चेतावनी दिएको छ ।
वि.सं.२०७८ कात्तिक १० बुधवार ११:४४ मा प्रकाशित






























