back

बारले थाल्ने भयो बुधवारदेखि तेस्रो चरणको आन्दोलन

वि.सं.२०७८ कात्तिक ३० मंगलवार

150 

shares
RBB AD
NTC AD

काठमाडौं । नेपाल बार एसोसियसनले बुधवारदेखि तेस्रो चरणको आन्दोलन सुरु गर्ने बताएको छ ।

प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जवराको राजीनामाको माग गर्दै विगत २२ दिन देखि चरणबद्ध रुपमा आन्दोलनका विविध कार्यक्रम गर्दै आएको बारले बुधवारदेखि तेस्रो चरणको आन्दोलन शसक्त बनाउने बताएको छ ।

गत शुक्रवारदेखि प्रधानन्यायाधिश जवरालाई सर्वोच्च अदालतभित्र प्रवेशमा रोक लगाउँदै अदालत परिसरमै धर्ना दिएका कानुन व्यवसायीले बुधवारदेखि तेस्रो चरणको आन्दोलन थाल्ने र बुधवार पनि अघिल्ला दिनमा जस्तै २ घण्टा धर्ना दिने कार्यक्रम रहेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिएका छन् ।

मंगलवार धर्नामा बसेका कानुन व्यवसायीलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधिशले न्यायपालिकाभित्र विसंगति, विकृति र भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लगाउँदै जवराको राजीनामाबाट मात्रै सुधारका कदमहरु अगाडि बढ्न सक्ने बताए ।

उनले भने–उहाँको राजीनामा नआउँदा सम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

प्रधानन्यायाधिशको राजीनामाको माग गर्दै कानुन व्यवसायी आज पनि धर्नामा

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १६:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

नवलपरासी । शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी (बर्दघाट सुस्तापूर्व)...

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

काठमाडौँ । गुल्मीको रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन...

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन (ललितपुर) । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा...

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा...

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेनसन काउन्टर सन्चालनमा...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको...