back
CTIZAN AD

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई नै महाधिबेशनमा परिणत गर्ने

वि.सं.२०७८ पुस १० शनिवार

681 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले भोली देखि सुरु गर्ने भनेको राष्ट्रिय सम्मेलनलाई महाधिबेशनमा परिणत गर्ने भएको छ ।

पार्टीको शनिवार बेलुका बसेको स्थायी कमिटीको बैठकले राष्ट्रिय सम्मेलनलाई नै महाधिबेशनमा परिणत गर्ने भएको हो । तर, त्यसको औपचारिक निर्णय भने आइतवार बिहान बस्ने केन्द्रीय समितिको बैठकले गर्ने बताइएको छ ।

पार्टीका नेता लीलामणि पोखरेलका अनुसार आज बसेको स्थायी समितिको बैठकले गरेको निर्णयलाई आइतवार बिहान ८ बजे बस्ने केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव राखिने र कमिटीले अनुमोदन गरे महाधिबेशनमा परिणत हुने र यदि नभएमा राष्ट्रिय सम्मेलन नै यथावत हुनेछ ।

पार्टीका प्रवक्ता कृष्ण बहादुर महराले पनि उक्त विषयमा कुरा गर्दै राष्ट्रिय सम्मेलनप्रति आकर्षक बढेकाले यसलाई महाधिबेशनमा परिणत गर्न लागिएको प्रतिक्रिया दिएका थिए ।

आइतबारदेखि माओवादीको प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । प्रवक्ता महराले आइतबार अपराह्न १ बजे सम्मेलन सुरु हुने जानकारी दिए ।

वि.सं.२०७८ पुस १० शनिवार १९:३४ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...