back
CTIZAN AD

सिराहामा २ दिनका लागि निशेधाज्ञा जारी

वि.सं.२०७८ पुस १३ मंगलवार

918 

shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिराहाले जिल्लामा दुई दिनका लागि निशेधाज्ञा जारी गरेको छ ।

जिल्लामा सिके रावत नेतृत्वको जनमत पार्टीले केही दिनदेखि बन्द हड्ताल र चक्काजाम लगायतका गतिबिधि गरेकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै २ दिनका लागि निशेधाज्ञा जारी गरिएको पत्रमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय सिराहाले सोमबार एक सूचना जारी गर्दै मंगलवार र बुधबार विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म कुनै किसीमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिबिधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०७८ को दफा ६ (२) र (३) बमोजिम विभिन्न क्षेत्रमा निशेधाज्ञा जारी गरेको बताइएको छ ।

उक्त अवधिभर राष्ट्रिय लोकमार्ग र सिराहा चोहर्वा सडक खण्डमा यातायात सुचारु रहने बताउँदै निशेधाज्ञाको आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवस्यकता अनुसार कानून बमोजिम कारबाही गरिने पनि उक्त सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ पुस १३ मंगलवार ०९:२३ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...