back
CTIZAN AD

मेडिकल कलेजहरुको मनोमानीविरुद्ध आन्दोलनमा उत्रिने संयुक्त विद्यार्थी संगठनको चेतावनी

वि.सं.२०७८ पुस १६ शुक्रवार

918 

shares

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले नेपालका मेडिकल कलेजहरुको मनोमानीका विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

संयुक्त विद्यार्थी संगठनले विभिन्न मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट राज्यले तोकेको भन्दा बढि आफुखुशी विभिन्न बहानामा लाखौं रुपैयाँ नाजायज शुल्क लिएको गुनासो आएको तथा विद्यार्थीहरुद्धारा गरिएको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

‘नेपालका मेडिकल कलेजहरुले बिगत लामो समय देखि चिकित्सा क्षेत्रका विद्यार्थीहरु माथि विभिन्न बहानामा लुट मच्चाई रहेका छन, यसैको शृङ्खलाको रुपमा चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरीत काठमाडौ विश्वविद्यालयका सम्बन्धन प्राप्त मेडिकल कलेजहरु काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणीपाल मेडिकल कलेज कास्कीले २०७८ को नयाँ भर्नामा MBBS, BDS रB nursing मा राज्यले तोकेको भन्दा बढि विद्यार्थीहरुबाट आफुखुशी विभिन्न बहानामा लाखौं रुपैयाँ नाजायज शुल्क लिएको गुनासो आएको र मणीपाल मेडिकल कलेज पोखरा, काठमाडौ मेडिकल कलेज, नोवेल मेडिकल कलेज मोरङमा विद्यार्थीहरु आन्दोलित भएको प्रती संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ संयुक्त विद्यार्थी संगठनहरुद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सा शिक्षाका विद्यार्थीहरुको जायज मागहरुमा ऐक्यबद्धता जाहेर गर्दै विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गर्दै अन्यथा विद्यार्थीहरुको पक्षमा सयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने र यसबाट उत्पन्न हुने परिणाम स्वयं कलेजले भोग्नु पर्ने चेतावनी समेत विद्यार्थी संगठनले दिएका छन् ।

ने.वि.संघका अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी बिध्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ,अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल र प्रकाश शाही र अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवरद्धारा जारी गरिएको संयुक्त विज्ञप्तिमा चिकित्सा शिक्षाका विद्यार्थीहरुको जायज मागहरुमा ऐक्यबद्धता जाहेर गर्दै विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार समेत माग गरेका छन् ।

‘अन्यथा विद्यार्थीहरुको पक्षमा सयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने र यसबाट उत्पन्न हुने परिणाम स्वयं कलेजले भोग्नु पर्ने छ भन्ने छ जानकारी पनि यसै विज्ञप्ति मार्फत जनकारी गराउदछौं ।’ उक्त विज्ञप्तिमा भनिएको छ ।

May be an image of text

वि.सं.२०७८ पुस १६ शुक्रवार १५:४२ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...