काठमाण्डौं । स्वास्थ्य सेवा विभागले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सम्बन्धी थप सतर्कता अपनाउन र तयारी गर्न अपिल गरेको छ ।
नेपालमा कोरोना महामारीको विश्वव्यापी जोखिम कायमै रहेको र यसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा समेत भित्रिएकाले सबै निकाय अझ सर्तक र पूर्व तयारी रहन अपरिहार्य रहेको मन्त्रालयले जनाएको छ ।
‘यस सन्दर्भमा विगतका समयमा झै यसपटक पनि कोभिड १९ का केशहरु बढ्न नदिन निम्न उपायहरु थप प्रभावकारीताकमा साथग गर्न गराउनु हुन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा हार्दिक अनुरोध गर्दछ ।’ स्वास्थ्य सेवा विभागद्धारा जारी सूचनामा भनिएको छ ।

वि.सं.२०७८ पुस १८ आइतवार १६:२० मा प्रकाशित






























