back
CTIZAN AD

विनोद चौधरीको केन्द्रीय सदस्य पद धरापमा !

वि.सं.२०७८ पुस २२ बिहीवार

660 

shares

काठमाडौं । अवैधानिक रुपमा केन्द्रीय सदस्यमा चयन भएको भन्दै उद्योगपति विनोद चौधरीविरुद्व कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको छ । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले चौधरीको चयनविरुद्ध उजुरी दिएका हुन् । उनले चौधरीको पद खारेजीको माग गरेका छन् ।

यादवले उजुरीमा अवैधानिक रुपमा कोटाको प्रयोग गरि चौधरी केन्द्रीय सदस्य बनेको आरोप लगाएका छन् । साथै कांग्रेसको विधानअनुसार चौधरी केन्द्रीय सदस्यको उम्मेदवार नै हुन नपाइने दाबी यादवले गरेका छन् ।

‘मधेसी खुला पदमा निर्वाचित भएको भनिएका विनोद चौधरी कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ मा कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ’, यादवले उजुरीमा भनेका छन् ।

कांग्रेसको विधानमा स्पष्ट रुपमा केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्यता लिएको हुनुपर्ने उल्लेख छ । तर, व्यवसायी चौधरीको सबालमा भने त्यो व्यवस्था लत्याइएको छ ।

लामो समय एमालेको राजनीति गरेका चौधरी २०७४ मा समानुपातिक सूचीबाट सांसद बन्दै कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गरेको ४ वर्षमै १४ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

कांग्रेसको विधानमा स्पष्ट रुपमा केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्यता लिएको हुनुपर्ने उल्लेख छ । तर, व्यवसायी चौधरीको सबालमा भने त्यो व्यवस्था लत्याइएको छ ।

साथै चौधरीमाथि मधेशी कोटाको दुरुपयोग गरेको आरोप छ । धनाड्य चौधरी पिछडिएका मधेशी समुदायलाई समेट्न बनाइएको कोटाको प्रयोग गर्दै केन्द्रीय समितिमा चयन भएका छन् ।

वि.सं.२०७८ पुस २२ बिहीवार १२:०६ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...