back
CTIZAN AD

सत्ता गठबन्धनको बैठक : राष्ट्रियसभा निर्वाचनमा सातै प्रदेशमा संयन्त्र बनाउने निर्णय

वि.सं.२०७८ पुस २२ बिहीवार

690 

shares

काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारलाई जिताउन सातै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । समितिका संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आफ्ना उम्मेदवार विजयी गराउन मतदाताहरूलाई अपिल गर्दै यसका लागि सातै प्रदेशमा संयन्त्र गठन गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनले सातवटै प्रदेशमा संयन्त्र बनाउने र राष्ट्रिय सभा सदस्यमा उठेका आफ्ना उम्मेदवारहरूलाई जिताउन अपिल गर्ने निर्णय गरिएको हो।

राष्ट्रिय सभामा रिक्त १९ सदस्य पदका लागि माघ १२ गते निर्वाचन हुँदै छ भने यसका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।

बिहीबार बिहान बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा संयोजक पौडेलसहित प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता सहभागी भएका थिए।

यसैबीच उच्चस्तरिय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुमकामना दिएको छ । देउवा यही पुस २५ देखि भारत भ्रमणमा जाँदैछन् ।

वि.सं.२०७८ पुस २२ बिहीवार १२:२३ मा प्रकाशित

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...

ठगीको अभियोगमा छ जना पक्राउ

ठगीको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार...

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...