back
CTIZAN AD

दिल्लीका ५ अस्पतालका ८ सय डाक्टरमा कोरोना संक्रमण

वि.सं.२०७८ पुस २६ सोमवार

714 

shares

काठमाडौं । भारतमा पछिल्ला केहिदिनयता दैनिक लाखौंको संख्यामा कोरोना संक्रमित भएको तथ्यांक सार्वजिनक भइरहेका छन् । तीनमा डाक्टर नर्स लगायतका उच्च पदस्थहरु पनि संक्रमित हुनेक्रम बढेको छ ।

हालै सार्वजनिक तथ्यांकमा दिल्लीका पाँच अस्पतालमा ८०० बढी डाक्टर नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।

ती मध्ये सबैभन्दा बढी एम्स अस्पतालमा काम गर्ने डाक्टर संक्रमित भएका छन् । त्यहाँ ३५० जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । यो तथ्यांक कोरोना संक्रमितको उपचारमा खटिने डाक्टरहरुको मात्र रहेको समाचार एजेन्सीले जनाएका छन् ।

दिल्लीका इएसआई अस्पतालमा कार्यरत एक डाक्टरले कोरोना संक्रमित ८ सय डाक्टरमा आफु पनि एक रहेको बताएका छन् । अस्पताल प्रसाशनले उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि सातदिन मात्रै आइसोलेशनमा बस्ने अनमुति दिएको छ । त्यसपछि परीक्षण विना नै उनीहरु काममा खटिनुपर्नेछ ।

हाल संक्रमित भएका डाक्टरहरुको सम्पर्कमा आएका पारामेडिकल स्टाफहरु पनि आइसोलेशनमा बसेको बताइएको छ । ती अस्पतालमा नियमित सेवा र इमरजेन्सी बाहेकका अपरेशनहरु पनि रोकिएको बताइएको छ ।

दिल्लीका राममोहन लोहियामा १००, एम्स अस्पतालमा ३५०, लेडि हार्डिङमा १४०, लोकनायकमा ६० देखि ७० जना र सफदरजंगमा ८० देखि १०० गरी झण्डै ८०० डाक्टरमा कोरोना संक्रमण देखिएको छ ।

भारतमा आइतवारै मात्रै कोरोनाका १ लाख ७९ हजार ७२३ जनामा संक्रमण पुष्टि भएको छ । साथै १४६ जनाको मृत्यु भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । ऐजेन्सीको सहयोगमा

 

वि.सं.२०७८ पुस २६ सोमवार १२:२२ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...