
पोखरा । गण्डकी प्रदेशमा आज २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज सबैभन्दा बढी कास्कीमा १५८ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आज गोरखामा २, म्याग्दीमा १, लमजुङमा १२, तनहुँमा ४, नवलपरासीपूर्वमा १२, स्याङजामा २०, पर्वतमा १ र बाग्लुङमा ३ गरी २१३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका २१३ जनासँगै प्रदेशमा हाल ११५४ जना सक्रिय संक्रमित रहेका छन् ।