back
CTIZAN AD

कतारबाट फर्केर तरकारी खेतीमा लागेका न्यौपानेलाई तरकारी बेच्न भ्याइ नभ्याइ

वि.सं.२०७९ वैशाख ३ शनिवार

702 

shares

सुशीला रेग्मी, रामपुर (पाल्पा) । सामान्य अन्नबाली उब्जाउ हुने जग्गामा तरकारी लगाउँदा मेगराज न्यौपानेलाई छोटो समयमा लाखौँ कमाई होला भन्ने आशा थिएन । विदेशबाट फर्केपछि बेरोजगार बस्नुभन्दा तरकारी लगाएर दुईचार पैसा कमाउन सकिन्छ कि भन्ने मनसायले उनले तरकारी खेती सुरु गरे ।

तरकारी बालीमा मलको व्यवस्थापनका लागि कुखुरापालन व्यवसाय पनि सँगैसँगै अगाडि बढाए । सामान्य अन्नबाली उब्जाउ हुने खेतलाई मलजल गर्दै जाँदा अहिले सोही जग्गाले दैनिक आयआर्जन बढाएको छ ।

काम र दामको खोजीमा मेगराज करिब तीन वर्ष कतारमा बसे । विदेशबाट गाउँ फर्केर कृषि व्यावसाय थालनी गरेका न्यौपाने अहिले सफल कृषकका रुपमा कहलिएका छन् । उनको कृषि कार्य हेर्दा लोभलाग्दो छ । रामपुर नगरपालिका–७ बहखोलामा करिब छ रोपनी जग्गा रु दुई लाखमा बन्दक लिएर व्यवसाय चलाएका छन् । न्यौपानेको फार्ममा यतिबेला करेला, घिराँैला, लौका, साग, फर्सी, बोडी, सिमी, भेन्टा, खुर्सानीलगायत तरकारी बाली छन् । हाल बजारमा करेला र घिरौँला प्रतिकिलो रु १२०, लौका ७०, काँक्रा ५० मा धमाधम बिक्री भइरहेको उनले बताए । तरकारीको व्यापार राम्रो हुदा बजारको माग थेग्नै नसकिएको उनको भनाइ छ ।

“तरकारी खेतीबाट राम्रो सफलता मिलेको छ, खेतभरि हरियाली फलेका तरकारी देख्दै मन आनन्दित हुन्छ, तरकारी बेचेर दाम बुझ्दा एकछिन खाली बस्नै मन लाग्दैन, आफ्नै माटोमा कृषिबाट राम्रै कमाउन सकिने रहेछ”, उनले भने । बेमौसमी तरकारी बजारको मागअनुसार पु¥याउन नसकिएको उनको भनाइ छ । उनले दिनमा बढीमा १५० किलोसम्म तरकारी बिक्री गर्छन् । यसैबाट खर्च कटाएर रु पाँच लाख वार्षिक आम्दानी लिने गरेको मेगराजको भनाइ छ । मेहनत गरियो भने दाम कमाउन समस्या नभएको उनको भनाइ छ ।

“विदेश गए धेरै दिन बसिन, किन बेच्नु रगत र पसिना’ पशुपति शर्माले गाएको यो गीतले भने झँै मेगराजले आफ्नै माटोमा पसिना बगाएर कमाएको धन हातमा बुझ्दा आनन्द लाग्ने गरेको अनुभव सुनाए । उनले भने, “विदेशमा काम गर्न दुःख छ, अर्काको अधीनमा बसेर काम गर्नुपर्ने बाध्यता छ, यहाँ परिवारसँगै बसेर काम गरेका छौँ, दिनहुँ तरकारी बेचेर पैसा हात परिरहन्छ, राम्रो गरेपछि सबैले सम्मान गर्नुहुन्छ, मलाई त अहिले विदेशको बसाइ सम्झँदा पश्चाताप लागिरहेको छ ।”

कुनै पनि तालिम नलिईकन व्यवसाय गरेका मेगराजले अहिले काम गर्दै जाँदा यसबाट धेरै अनुभव बटुलेका छन् । व्यवस्थित थाक्रो नहुँदा कहिलेकाहीँ सामान्य हावाहुरीले तरकारीलाई असर पारेको उनले बताए । केही दिनअघि आएको हावाहुरीका कारण करिब दुई रोपनी क्षेत्रफलमा लगाएको सिमी र लौकामा क्षति पु¥याउँदा करिब रु एक लाख बराबरको क्षति पुगेको छ ।

यो व्यवसायमा श्रीमती तुलसा न्यौपानेले सघाउँदै आएकी छन् । तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने, बजारमा बिक्री गर्न भ्याइनभ्याई छ, यसरी नै हाम्रो दिनचर्या बित्ने गरेको तुलसाले बताउछीन । “खेतभरि लगाएका तरकारी बाली अवलोकन गर्न बेलाबेलामा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका जनप्रतिनिधि, कर्मचारी, उच्च ओहोदामा कार्यरत व्यक्ति आउनुहुन्छ, कृषिमा राम्रो गरियो भने सबैसँग चिनिने अवसर पाउँदा व्यवसायमा उत्साह थपिएको छ”, उनले भनिन् ।

स्थानीय तहबाट सहयोग पाएमा व्यवसाय बढाउने सोच छ । आफ्नै नाममा जग्गा नहुँदा नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रममा समावेश हुन नपाएको मेगराजको गुनासो छ । रामपुर नगरपालिकाको नमूना, अवलोकनयोग्य व्यवसाय रहेको र कृषिमा पछिल्लो समय यहाँका युवाको आकर्षण बढेको कृषि शाखाप्रमुख रामहरि पाण्डेयले बताए ।

वि.सं.२०७९ वैशाख ३ शनिवार १९:५२ मा प्रकाशित

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ।...

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

अछाम । अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा...