back
CTIZAN AD

प्रदेश र स्थानीय तहको पूर्वाधार विकासका लागि रु ४ खर्ब ५० अर्ब अनुदान हस्तान्तरण

वि.सं.२०७९ जेठ १५ आइतवार

720 

shares

काठमाडौं । सरकारले आगामी वर्ष २०७९\८० मा प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासका लागि ४ खर्ब ५० अर्ब अनुदान वित्तिय हस्तान्तरण गर्ने भएको छ ।

अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दै प्रदेश र स्थानीयतहले सम्बन्धीत तहमा गर्न सक्ने सडक आयोजनाहरु हस्तान्तरण गर्ने व्यवस्था अनुसार २०७९÷८० मा पनि उक्त नीतिलाई थप प्रभावकारी रुपमा कार्यान्व्यनका लागि निरन्तरता दिएको बताउँदै उक्त बजेटको घोषणा गरेका हुन् ।

अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरे बमोजिम संघ, प्रदेश र स्थानीयतहको अधिकार सूचीमा परेका विषयहरु तत् तत् तहबाट कार्यान्वयन हुने गरी राजस्व बाँडफाँट तथा अनुदान हस्तान्तरण हुने बताएका छन् ।

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको सिफरिसमा वित्तिय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु ६१ अर्ब ४३ करोड र स्थानीयतहलाई रु १ खर्ब २३ करोड बित्तिय हस्तान्तरण गर्ने र शर्सत अनुदान तर्फ क्रमश प्रदेश र स्थानीयतहलाई ५७ अर्ब १७ करोड र १ खर्ब ८३ अर्ब ७२ करोड गरी जम्मा रु २ खर्ब ४० अर्ब ८९ करोड विनियोजन गरिएको बताएका छन् ।

त्यस्तै प्रदेश तथा स्थानीयतहले पूर्वाधार आयोजना कार्यान्वयन गर्न समपुरक अनुदान स्वरुप प्रदेशलाई रु ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड बजेट विनियोजन गरिएको मन्त्री शर्माले बताएका छन् । साथै विशेष अनुदानतर्फ प्रदेशमा रु ४ अर्ब ५६ करोड र स्थानीय तहमा रु ९ अर्ब १४ करोड विनियोजन गरेको बताएका छन् ।

वि.सं.२०७९ जेठ १५ आइतवार १६:५८ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...