काठमाडौं । युरोपियन देश न्यूजिल्याण्ड पठाइदिन्छु भनेर दुई व्यक्तिबाट लाखौं ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
वर्किङ भिसामा न्युजिल्याण्ड पठाइदिन्छु भन्दै कावासोती घर भइ हाल भक्तपुर बस्ने विकास जोशी र तनहुँको रिसिङ घर भई भक्तपुरमै बस्ने अमृत चन्दबाट जनही पन्ध्र/पन्ध्र लाख लिएर फरार रहेका काठमाडौंको स्युचाटारका ४५ वर्षीय विकास भट्टराई खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
खत्रीले जोशी र चन्दलाई कामदार भिषामा न्युजिल्याण्ड पठाउने र त्यहाँ कृषि फर्ममा प्रतिमहिना २ लाख ५० हजार तलब हुने गरी काममा लगाइदिने भन्दै उक्त रकम उठाएर बेपत्ता भएका थिए ।
वि.सं.२०७९ जेठ १८ बुधवार १३:०९ मा प्रकाशित






























