back
CTIZAN AD

पर्वतका खेतीयोग्य जमिन बाँझो बन्दै गएपछि कागतीखेती अभियान सुरु

वि.सं.२०७९ जेठ ३१ मंगलवार

957 

shares

पर्वत । गाउँघरमा खेतबारी बाँझो हुँदै गएपछि पर्वतको एक गाउँमा भने कागतीखेती अभियान सुरु गरिएको छ । फलेबास नगरपालिका–८ अर्चले गाउँमा १२ हेक्टर जमिनमा पाँच हजार बिरुवा लगाउने योजनासहित कागतीखेती सुरु गरिएको हो ।

खेतीयोग्य जमिन बाँझो बन्दै गएपछि त्यसलाई आयआर्जनका लागि प्रयोग गर्न कागतीखेती गर्न लागिएको हो । ग्रामीण विकासविज्ञ डा योगेन्द्र रिजालसहित तीन जनाको लगानीमा कागतीखेती सुरु भएको छ ।

सहरमा सामान्य जागिर खोज्दै हिँड्नुको सट्टा त्यही जग्गालाई उपयोग गर्न सके आम्दानी गाउँमै सम्भव छ भन्ने विश्वासका आधारमा खेती सुरु गरिएको ग्रामीण विकासविज्ञ डा रिजालले बताए । आफूले सन् २०१३ मा ग्रामीण विकास विषयमा विद्यावारिधि गरेपछि पनि बजारमा बसेर जागिरको खोजीमा हराउनुभन्दा ग्रामीण क्षेत्रमा पनि सम्भावना देखाउन चाहेको उनको भनाइ छ ।

“पुर्खाले जोडिदिएको उत्पादनको महत्वपूर्ण साधन ‘खेतीयोग्य जमिन’ खेर फाल्ने, आफूसँग भएको जग्गा जस्तो अमूल्य सम्पत्ति नदेख्ने अनि जागिर पेशा केही नभएको जनाउँदै चिन्ता गर्नेहरू धेरै भएकाले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सक्छु भन्ने विश्वास पलाएको छ”, उनले भने । डा रिजालले छिमेकी तथा देवीप्रसाद तिमिल्सिना र कमल रिजालको सहकार्यमा ‘अर्चले एग्रो इन्डस्ट्रिज प्राइभेट लिमिटेड’ नामको कम्पनी दर्ता गरे खेती सुरु गरेको जानकारी दिए ।

डा रिजालका अनुसार गत माघ १ गतेबाट सुरु गरिएको कागतीखेती अभियानमा पाँच वर्षसम्ममा रु डेढ करोडको लगानी गर्ने योजना छ । करिब १२ हेक्टर जमिनमा पाँच हजार बिरुवा रोप्ने र कागतीको राष्ट्रिय आवश्यकतामा अलिकति भए पनि टेवा दिएर आयात प्रतिस्थापनमा सहयोग पु¥याउने योजना उनले सुनाए । सुन कागती–१ जातको कागतीखेती गरिएको छ । यो जातको कागतीले राम्रो उत्पादन दिने, यस ठाउँमा हावापानी र उचाइ पनि मिल्ने भएका कारण यसको खेती गरिएको हो ।

यो खेतीबाट सात वर्षपछि वार्षिक २०० टन कागती उत्पादन गर्ने लक्ष्यसमेत राखिएको छ । यस वर्ष कलमी बिरुवा लगाउने भएका कारण तीन वर्षपछि लगानी फिर्ता आउन थाल्ने छ । उत्पादित कागतीलाई काठमाडौँ, पोखरालगायतका ठूला सहरका व्यापारीसँगको सहकार्यमा बजारमा पठाउने अर्चले एग्रो इन्डस्ट्रिज प्रालिको योजना छ ।

कागतीको बोट वरपर अलिकति भाग छाडेर कोदो, अदुवालगायतका खेती गरेर जमिनको सदुपयोग गर्ने योजना रहेको रिजालले जानकारी दिए । यसो गर्दा कागती बगैँचा सफा देखिने, खनजोतका कारण झारपात बढ्न नपाउने र माटो पनि रुखो हुन नपाउने भएकाले कागतीलाई हानी नपु¥याउने बाली लगाउने योजना कम्पनीको छ । रासस

वि.सं.२०७९ जेठ ३१ मंगलवार ०९:२१ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...