back

इन्द्रेणी मशरुम फार्मले आईपीओ निष्काशन गर्ने

वि.सं.२०७९ असार २८ मंगलवार

1K 

shares

काठमाडौं । इन्द्रेणी मशरुम फार्म पब्लिक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक चयन गरेको हो ।

उक्त सम्झौता पत्रमा इन्द्रेणी मशरुम फार्म पब्लिकको तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

इन्द्रेणी मशरुम फार्मले नेपालमा पहिलो पटक आद्युनिक प्रविधि भित्र्याई च्याउ उत्पादन गर्न सफल भएको छ । कम्पनीले आधुनिक च्याउ फार्म शुरु भएको केही समयमै ऐतिहासिक रुपमा नयाँ प्रविधिबाट गोब्रे च्याउ उत्पादन गर्न शुरु गरेको छ ।

कम्पनीले मकवानपुरको चित्लाङ्गमा च्याउ उत्पादन गर्नुका साथै रिसोर्ट पनि सञ्चालन गरिरहेको छ ।

वि.सं.२०७९ असार २८ मंगलवार १७:०३ मा प्रकाशित

Himalayan Life AD