back
CTIZAN AD

जसपा विवाद : उपेन्द्रमाथि सात आरोप लगाउँदै बाबुरामले लेखे प्रतिवेदन (पूर्णंपाठसहित)

वि.सं.२०७९ असार २८ मंगलवार

969 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि विभिन्न ७ आरोप लगाएका छन् । मंगलबारदेखि काठमाडौंमा सुरु आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा उनले यादवको आलोचना गर्दै प्रतिवेदन लेखेका हुन् ।

भट्टराईले आफ्नो प्रतिवेदनमा यादवमा वैचारिक, संगठनात्मक, कार्यशैली, व्यवस्थापन, सुशासन जस्ता विषयमा समस्या देखिएको बताएका छन् । सोही कारण नै पार्टी पुनर्गठन गर्नुपरेको भट्टराईको भनाई छ ।

क्षेत्रीय दलमा सीमित गर्न खोजियो

भट्टराईले जसपालाई क्षेत्रीय पार्टी बनाउन खोजेको आरोप अध्यक्ष यादवमाथि लगाएका छन् । उनले मूलतः यादवमा वैचारिक पक्षमा समस्या रहेको निष्कर्ष निकालेका छन् । उनले कम्युनिष्ट सोंच नछाडेको पनि आरोप यादवमाथि लगाएका छन् ।

भट्टराईले मधेश आन्दोलनको गरिमाबाट ब्याज मात्र खान खोजेको आरोप यादवमाथि लगाएका छन् । मदन परियारको आयोगले दिएको १० प्लस १ प्रदेशको मोडेललाई विकसित र परिमार्जन गर्नेतर्फ ध्यान नदिएको भट्टराईको आरोप छ ।

संगठन कब्जा गर्ने सोंच

भट्टराईले यादवमाथि ‘पार्टी कब्जा गर्ने’ सोंच हाबी भएको बताएका छन् । उनले पार्टीभित्रको सांगठनिक पक्ष व्यवस्थापन हुन नसक्नुको कारण पनि यादवको पार्टी कब्जा गर्ने सोंच भएको निष्कर्ष निकालेका छन् । कार्यकर्तालाई निराश बनाउने र पलाउन गराउने भूमिका नेतृत्वबाट भएको उनको भनाई छ ।

यादवले आफ्ना केही निश्चित मान्छेलाई मात्रै बोकेर हिँडेको भट्टराईको आरोप छ । उनले पार्टीभित्र जिम्मेवारी बाँडफाँड गर्ने र तहगत इन्चार्ज तोक्ने काम हुन नसक्नुमा यादवको नियत खराब रहेको निष्कर्ष निकालेका छन् ।

अराजक कार्यशैली

भट्टराईले यादवको कार्यशैलीमै समस्या रहेको बताएका छन् । उनले बहमुतको निर्णय मान्नुपर्ने परिपाटीलाई समेत यादवले उल्लंघन गरेको बताएका छन् । बहुमतबाट गरिएका निर्णयलाई रुलिङ गर्ने, माइनट, परिपत्र गर्ने विषयमा यादवले अनिच्छा देखाएको आरोप भट्टराईको छ ।

बैठक बोलाउनसमेत फरक विचार राख्नेलाई सूचना नै नदिने गरेको आरोप भट्टराईको छ । सबैजसो बैठकहरु औपचारिक खालको मात्रै बनाउने गरेको आरोप भट्टराईले लगाएका छन् ।

यस्ता छन् अन्य आरोपहरु

वि.सं.२०७९ असार २८ मंगलवार १७:०३ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...