काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहित त्रि.बि सुधारका लागि भन्दै आमरण अनशनमा बसेका छन् ।
मुलुकको सबैभन्दा ठूलो र पूूरानो त्रिभुवन विश्वविद्यालय विभिन्न समस्याबाट जेलिएको र लाखौ विद्यार्थीहरुको उज्जवल भविष्य निर्माण गरेको विश्वविद्यालय पछिल्लो समयमा देखिएको समस्याप्रति संगठनको ध्यानाकर्षण भएको बताउँदै १३ बुँदे मागपत्रसहित उपकुलपतिलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
संगठनले त्रिभुवन विश्वविद्यालयभित्र दुईखाले शिक्षा प्रणाली देखिएको र केही निजी कार्यक्रमहरु महँगो शुल्कमा चलिरहेका कारण यसले विभाजन ल्याएको ज्ञापनपत्रमा उल्लेख छ । उक्त विभेद प्रणालीको अन्त्य गरी त्रिवि अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरु समान ढंगले शुलभ शुल्कमा संचालन गर्ने व्यवस्था गर्नुपर्ने लगायतका माग संगठनले गरेको छ ।

वि.सं.२०७९ असार २८ मंगलवार १७:१५ मा प्रकाशित






























