back
CTIZAN AD

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

वि.सं.२०८३ जेठ १ शुक्रवार

549 

shares

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभिर र भिरकाटेमा बिस्फोटक पदार्थको सहायतामा पहाड काटेर सडक फराकिलो पार्न थालिएको छ ।

बेनी जोमसोम कोरला सडक आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका–६ भिरकाटे र वडा नं ७ मा पर्ने महभिरको पहाडमा सडक फराकिलो पार्न रु सात करोड बढी लागतको आयोजना सुरु गरेको हो । आयोजना प्रमुख तेजस्वी शर्माले ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पहाडमा बिस्फोटक पदार्थको प्रयोग गरी सडक फराकिलो पार्न ‘ड्रिलिङ’ गर्न थालेको जानकारी दिए ।

“डिलतर्फ कालीगण्डकी नदी र कुनामा अग्लो कडा चट्टानी पहाड भएको महभिर र भिरकाटे क्षेत्रमा सडक फराकिलो पार्न बिस्फोटक पदार्थको सहायता लिनुपरेको हो”, उनले भने, “हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको यस क्षेत्रको सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाउने र ढलान गर्ने लक्ष्य छ ।”

आगामी असोजसम्म सम्पन्न गर्ने लक्ष्यसहित रु सात करोड सात लाख ७४ हजारमा कालीमाता–थापाकाजी–रसुवा जेभीसँग ठेक्का सम्झौता भएको आयोजना प्रमुख शर्माले जानकारी दिए । “विसं २०६४ मा नेपाली सेनाले मार्ग खोलेको महभिर र भिरकाटे खण्डको करिब ७०० दूरीको करिब पाँचदेखि छ मिटर फराकिलो सडकमा दुईतर्फी सवारीसाधन सञ्चालन हुन सक्दैनन् । मालवाहक र यात्रुवाहक सवारीसाधन पार हुन आलोपालो गर्नुपर्ने अवस्था छ”, उनले भने ।

सुरुङ मार्ग बनाउन करिब रु एक अर्ब लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारे पनि आर्थिक स्रोत अभावका कारण पहाड काटेर फराकिलो पार्ने विकल्प अपनाइएको प्रमुख शर्माले उल्लेख गरे । “सम्भव भएको ठाउँमा कालीगण्डकी किनारमा पक्की पर्खाल बनाएर सडक फराकिलो पार्ने विकल्प अपनाइएको छ भने डिलतर्फ विस्तार गर्ने सम्भव नभएको ठाउँमा भित्ताको पहाड फुटाउन लागिएको हो”, उनले भने ।

चीनको सिमानामा रहेको कोरलानाका जोड्ने २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डका विभिन्न ठाउँमा पहिरो रोकथामको काम पनि भइरहेको बेनी जोमसोम कोरला सडक आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चमेरे, बैसरी, सिरुवारी, गुइँठेभिर, खामभित्ता, लाटाखोला, रुप्से र घोप्टेभिर क्षेत्रमा रु २६ करोडको लागतमा पहिरो रोकथामको काम भइरहेको हो ।

वि.सं.२०८३ जेठ १ शुक्रवार १५:२९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...