back
CTIZAN AD

एन आई सी एशियाको लिलाम बिक्री सम्बन्धी जानकारी अब अनलाइन पोर्टलमै, घरमै बसी हेर्न सकिने

वि.सं.२०८३ जेठ १ शुक्रवार

456 

shares

काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरेको छ ।

बैंकको नाममा रहेका बैंकिङ्ग, गैर–बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रियालाई थप सहज र पारदर्शी बनाउनको लागि बैंकले पोर्टल सार्वजनिक गरेको हो ।

बैंकले सञ्चालनमा ल्याएको यस पोर्टल मार्फत ग्राहकहरूले लिलाम हुन लागेका सम्पत्तिहरूको बारेमा विस्तृत विवरणहरू सो पोर्टल मार्फत थाहा पाउन सक्ने छन् ।

लिलाम बिक्री सम्बन्धी बैंकद्वारा प्रकाशित सूचनामा रहेको क्युआर कोड स्क्यान गरेर वा बैंकको आधिकारिक पोर्टल https://auctionassistance.nicasiabank.com  भित्र प्रवेश गरेर इच्छुक खरिदकर्ताहरूले सम्पत्तिको कित्ता नम्बर र क्षेत्रफल मात्र नभई उक्त सम्पत्तिको फोटो, नक्सा र स्थान पहिचानका लागि गुगल म्याप समेत हेर्न सक्ने व्यवस्था मिलाइएको छ । यस प्रविधिले गर्दा ग्राहकहरूले आफूले खरिद गर्न चाहेको सम्पत्तिको बारेमा घरमै बसेर यथेष्ट जानकारी लिन सक्नेछन् ।

यसका साथै, कुनै सम्पत्तिका बारेमा थप बुझ्न आवश्यक भएमा पोर्टलमा उपलब्ध म्यासेज बक्समा आफ्नो नाम, इमेल र मोबाइल नम्बर राखी बैंकलाई सिधै सम्पर्क गर्न सकिने सुविधा समेत उपलब्ध छ। बैंकले यस पोर्टलमा नियमित रूपमा लिलाम हुने सम्पत्तिहरूको सूचना अपडेट गर्ने जनाउँदै इच्छुक ग्राहकहरूलाई यस डिजिटल सुविधाको प्रयोग गरी लाभ लिन सकिन्छ । यस सुरुवातले बैंकको लिलाम प्रक्रियालाई थप व्यवस्थित र ग्राहकमुखी बनाउने विश्वास गरिएको छ।

वि.सं.२०८३ जेठ १ शुक्रवार १७:०२ मा प्रकाशित

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

काठमाडौँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...