back
CTIZAN AD

कांग्रेस केन्द्रीय समिति बैठकः मर्यादाक्रम नमिलेको भन्दै प्रदेश सभापतिहरुको लिखित आपत्ति

वि.सं.२०७९ असार २८ मंगलवार

840 

shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा प्रदेशसभापतिहरुले मर्यादाक्रम नमिलेको भन्दै आपत्ति जनाएका छन् ।

पार्टी कार्यालय सानेपामा सोमबारदेखि जारी केन्द्रीय समिति बैठकमा सातै प्रदेशका सभापतिहरूले छुट्टै बसेर लिखित असन्तुष्टि तयार पारेर केन्द्रीय बैठकमा पेस गरेका छन् ।

बैठकमा प्रस्तुत भएको मर्यादमाक्रम सम्बन्धी प्रस्तावमा उनीहरुले आफुहरुको मर्यादाक्रम घटाईको भन्दै आपत्ति जनाएका हु्न् ।

बैठकमा गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रदेश सभापतिको मर्यादाक्रम ११ नम्बरमा पुर्याइएकोमा आपत्ति जनाउँदै आफुहरु केन्द्रीय सदस्यभन्दा माथि रहेको भन्दै सभापति पछि आफूहरुको मर्यादाक्रम राखिनुपर्ने माग राखेका हुन् ।

बैठकमा पेश गरिएको मर्यादाक्रम अनुसार पहिलो नम्बरमाा केन्द्रीय सभापति, दोस्रोमा पूर्वकेन्द्रीय सभापति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा पूर्वप्रधानमन्त्री, पाँचौँमा संसदीय दलका नेता, छैटौँमा केन्द्रीय पदाधिकारी तथा सातौँमा संसदीय दलका पूर्वनेता, आठौंमा केन्द्रीय पदाधिकारी, नवौँमा केन्द्रीय सदस्य र दशौँमा राष्ट्रियसभा दलका नेता र एघारौँ नम्बरमा प्रदेश सभापतिलाई राखिएको छ ।

 

वि.सं.२०७९ असार २८ मंगलवार १६:५३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...