back
CTIZAN AD

नागरिकता ऐनको विषयलाई लिएर एनआरएनएले भेट्यो राष्ट्रियसभाका अध्यक्षलाई

वि.सं.२०७९ असार २८ मंगलवार

828 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघले सरकारले संशोधन सहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐन बारे छलफल गर्नराष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई भेट गरेको छ ।

उक्त भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसी लगायतका प्रतिनिधिहरुले सरकारले संशोधन सहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐन बारे छलफल गरेका थिए ।

भेटमा अध्यक्ष तिमिल्सिनाले गैरआवासीय नेपाली नागरिता विषयमा संविधानमा प्रावधान भएको विषयबाट पछि हट्न नसकिने र यदि यसमा केही सुधार गर्नु पर्ने विषय प्रतिनिधिसभाले नै गर्ने बताए । तिमिल्सिनाले नागरिकता ऐन राष्ट्रिय सभामा पेश भएपछि संशोधित ऐनमाथि छलफल गरेर चाडै नै प्रक्रिया पुरा गरिदिने जानकारी समेत दिए ।

उक्त भेटघाटका क्रममा संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोट र सचिवालय अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

छिट्टै पास हुने नेम्वाङको आश्वासन

सोहि टोलीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई पनि घेट गरेको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसी लगायतका प्रतिनिधिहरुले सरकारले संशोधन सहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐन बारे छलफल गरेका थिए ।

गैरआवासीय नेपाली नागरिकताको विषयमा सुरुको अवस्थादेखीनै नेम्वाङ संलग्न रहेको भन्दै सो टोलीले प्रतिनिधिसभामा अब पेश हुन लागेको ऐनमा पनि संविधानमा प्रावधान रहेको गैरआवासीय नेपालीको अधिकारलाई संबोधन गर्न नेम्वाङको महत्वपूर्ण भूमिका रहने बताएका छन् । सोहि अवसरमा नेम्वाङले संविधानमा ब्यवस्था भएको अधिकारलाई यस ऐनमा समेटिएको र सबै दल यसमा सहमत रहेको र छिटै पास गर्ने जानकारी दिएका थिए ।

उक्त भेटमा पनि उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोट र सचिवालयका अधिकृत कुनाल मिश्रालगायतको सहभागीता रहेको थियो ।

त्यसैगरी सोहि विषयलाई लिएर संघका पदाधिकारीले गृहसचिव टेक नारायण पाण्डेसँग पनि भेट गरेको छ । सचिव पाण्डेले संशोधित ऐन बारे जानकारी दिदै विभिन्न राजनैतिक दलका शिर्ष नेताहरुसंग छलफल गर्न सुझाव दिएका थिए ।

 

 

वि.सं.२०७९ असार २८ मंगलवार १६:१९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...