back

नागरिकता ऐनको विषयलाई लिएर एनआरएनएले भेट्यो राष्ट्रियसभाका अध्यक्षलाई

वि.सं.२०७९ असार २८ मंगलवार

558 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघले सरकारले संशोधन सहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐन बारे छलफल गर्नराष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई भेट गरेको छ ।

उक्त भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसी लगायतका प्रतिनिधिहरुले सरकारले संशोधन सहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐन बारे छलफल गरेका थिए ।

भेटमा अध्यक्ष तिमिल्सिनाले गैरआवासीय नेपाली नागरिता विषयमा संविधानमा प्रावधान भएको विषयबाट पछि हट्न नसकिने र यदि यसमा केही सुधार गर्नु पर्ने विषय प्रतिनिधिसभाले नै गर्ने बताए । तिमिल्सिनाले नागरिकता ऐन राष्ट्रिय सभामा पेश भएपछि संशोधित ऐनमाथि छलफल गरेर चाडै नै प्रक्रिया पुरा गरिदिने जानकारी समेत दिए ।

उक्त भेटघाटका क्रममा संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोट र सचिवालय अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

छिट्टै पास हुने नेम्वाङको आश्वासन

सोहि टोलीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई पनि घेट गरेको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसी लगायतका प्रतिनिधिहरुले सरकारले संशोधन सहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐन बारे छलफल गरेका थिए ।

गैरआवासीय नेपाली नागरिकताको विषयमा सुरुको अवस्थादेखीनै नेम्वाङ संलग्न रहेको भन्दै सो टोलीले प्रतिनिधिसभामा अब पेश हुन लागेको ऐनमा पनि संविधानमा प्रावधान रहेको गैरआवासीय नेपालीको अधिकारलाई संबोधन गर्न नेम्वाङको महत्वपूर्ण भूमिका रहने बताएका छन् । सोहि अवसरमा नेम्वाङले संविधानमा ब्यवस्था भएको अधिकारलाई यस ऐनमा समेटिएको र सबै दल यसमा सहमत रहेको र छिटै पास गर्ने जानकारी दिएका थिए ।

उक्त भेटमा पनि उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोट र सचिवालयका अधिकृत कुनाल मिश्रालगायतको सहभागीता रहेको थियो ।

त्यसैगरी सोहि विषयलाई लिएर संघका पदाधिकारीले गृहसचिव टेक नारायण पाण्डेसँग पनि भेट गरेको छ । सचिव पाण्डेले संशोधित ऐन बारे जानकारी दिदै विभिन्न राजनैतिक दलका शिर्ष नेताहरुसंग छलफल गर्न सुझाव दिएका थिए ।

 

 

वि.सं.२०७९ असार २८ मंगलवार १६:१९ मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा...

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

नेपालमा आधुनिक मानसिक स्वास्थ्य सेवाको इतिहास धेरै लामो छैन ।...