
काठमाडौं । नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
नुुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर आज बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।
काठमाण्डौं लगायतका जिल्लामा महसुस गरिएको उक्त भूकम्प ५.३ रेक्टरको रहेको भूकम्प विज्ञ लोकविजय अधिकारीले जानकारी दिएका छन् ।