back
CTIZAN AD

पोर्चुगल आउने बाटो कुन होइन ?

वि.सं.२०७९ साउन २९ आइतवार

2.7K 

shares

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका छन् । व्यवसायहरु फेरि फस्टाउन थालेका छन् भने नयाँ रोजगारी सृजना पनि हुन थालेका छन् । चाहे संयुक्त राज्य अमेरिका होस् या बेलायत, चाहे माल्टा होस् या पोर्चुगल । यी देशहरुमा काम गर्ने जनशक्ति अभाव हुन थालेका र विदेशबाट नयाँ कामदार ल्याउने समाचार बाहिर आएका छन् । अहिले कमाइको हिसाबले दक्षिण कोरिया र बसाई र दिर्घकालिन सेटलमेन्टका हिसाबले पोर्चुगल नेपालीहरुका लागि आकर्षक गन्तव्य बनेको छ ।

देशको राजनैतिक परिस्थिती र बेरोजगारीले गर्दा हर उमेरका युवा विदेश जान लामबद्ध छन । युरोपमै सबैभन्दा आप्रवासीको मामलामा सरल र नरम मानिने पोर्चुगल यतिबेला विदेशी कामदार भित्र्याउन नयाँ–नयाँ योजना बनाउँदै छ । पोर्चुगलमा होटेल रेस्टुरेन्ट, कृषि तथा निर्माण क्षेत्रमा कामदारको अभाव देखिन थालेपछि पोर्चुगल सरकारले वोर्क पर्मिटमा विदेशी कामदार ल्याउने बाटोसमेत खुल्ला गरेको छ ।

यतिबेला धेरै जनाको चासो छ, पोर्चुगल आउने सुरक्षित र भरपर्दो तरिका कुन हो ?

नेपालमा धेरै जना एजेन्टले सिधासादा नेपाली दाजुभाइहरुलाई पोर्चुगल पठाउने भन्दै गलत, जोखिमपूर्ण र गैरकानुनी बाटोमार्फत पठाएका गुनासो बारम्बार आइरहन्छन् ।

पोर्चुगल सेन्जेन एरियाभित्र पर्ने देश हो त्यसकारण सके सिधै आउन अति राम्रो । नसके सेन्जेन मुलुकभित्र पर्ने कुनै पनि देशको भिसा लगाएर मात्र आउनु उपयुक्त हुन्छ ।

तर, धेरै जना एजेन्टले टर्की पनि सेन्जेन देश हो वा टर्कीबाट सजिलै पोर्चुगलको भिसा लाग्दछ भनेर झुक्याएर हजारौँ नेपालीलाई पठाएको पाइएको छ । त्यो सरासर झुट र ठगी हो ।

सेन्जेन एरियाभित्र २६ वटा मुलुक पर्दछन् जहाँ बोर्डर कन्ट्रोल हुँदैन । मतलब एउटा देशबाट अर्को देश जान पासपोर्ट र भिसा आवश्यक पर्दैन । पोर्चुगल आउनका लागि कुनै पनि सेन्जेन मुलुकमा घुमघाम भिसा, वर्किङ् भिसा, कार्यक्रम भिसा वा पारिवारिक मिलन भिसामा आउन सकिन्छ । सेन्जेनको कुनै पनि एउटा देशमा कानुनीरूपले छिर्न सकियो भने पोर्चुगल सहजै आउन सकिन्छ ।

टर्की, साइप्रस, क्रोयसिया, रोमानिया, बुल्गेरिया, सिरिया, युक्रेन, इराकलगायतका देशबाट पोर्चुगल छिर्न असम्भव छ । गैरकानुनी तरिकाले ती बाटोबाट पोर्चुगल छिर्दा ज्यानको नै जोखिम हुने र हदैसम्मको कस्ट व्यहोर्नु परेका कथाहरु हामीले सधैं लेखिरहेकै छौ । सबै सचेत बनौं । पोर्चुगल छिर्ने सपनामा गलत बाटो नरोजौं ।

वि.सं.२०७९ साउन २९ आइतवार १६:५४ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...