back

प्रचण्डको गोर्खा गमन र त्यसले उब्जाएका तरंगहरु

वि.सं.२०७९ असोज २२ शनिवार

279 

shares
RBB AD
NTC AD

अबको केही घण्टामा अर्को कुनै परिस्थितिजन्य अवस्था आइनपरे पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेशको गोरखा संघीय निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिने छन् । योसँगै निकै रोइलो मच्चाइएको छ ।

चितवनका पाँच राजनैतिक दलले संयुक्त रुपमै प्रचण्डको अभिभावकत्व जरुरी भएको महशुसका साथ संयुक्त आह्वान गरिएको, भरतपुर महानगरका वडा अध्यक्षहरु गगन थापालाई समेत लिएर प्रचण्डलाई चितवनमै लड्न अनुरोध गरिएको अवस्थाका बिच प्रचण्ड गोरखामै जाने निर्णय गरिएकाले निर्वाचन क्षेत्र परिवर्तनका विषयलाई लिएर अनेकौ तरंगहरु सिर्जना गरिएका छन् ।

प्रचण्डलाई भूँईकटहर समूहको भय रहेको, आफ्ना केही कार्यकर्ता एमाले प्रवेश गरिसकेको, रवि लामिछानेको सम्भावित हल्लाले पछि हटेको, न्याय नपाए गोरखा जाने ठाउँमा अन्त हार्ने भए गोर्खा जाने बनाइएको जस्ता रोइलो मच्चाइएको छ ।

यस्ता रोइलो आउनु सामान्य हो भन्दै बुद्धिजीवी रेवती त्रिपाठी भन्छन्, “माओवादी पार्टीले जे निर्णय गरेको छ उचित निर्णय गरेको छ ।” उनका अनुसार पहिलो कुरा त प्रचण्डले केन्द्रीय राजनीतिमा निर्णायक भूमिका खेल्नु छ, देशको प्रधानमन्त्री हुनुपर्ने उनी प्रतिनिधिसभामा कुनै हालतमा पुग्नुपर्छ यसको लागि सुरक्षित निर्वाचन क्षेत्रमा उम्मेदवार हुनु स्वभाविक छ । दोस्रो कुरा, प्रचण्ड देशव्यापी रुपमा चुनावी दौडाहामा जानुपर्छ, आफूमात्र होइन पार्टीलाई जिताउनु छ, तसर्थ चुनौतिपूर्ण क्षेत्रमा उम्मेदवार हुँदा उनी आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुनुपर्छ जसले गर्दा देशभरी चुनावि दौडाहामा हिँड्न नभ्याउने हुन्छ । तसर्थ, उनी तुलनात्मक रुपमा सहज क्षेत्रमा चुनाव लड्नु पर्छ ।

तेस्रो कुरा प्रचण्ड जस्तो राष्ट्रिय नेता कुनै एक क्षेत्रको विकासमा मात्र चिन्तित हुनेभन्दा पनि समग्र देशकै विकासको लागि चिन्तित हुनुपर्छ । चितवनबाट चुनाव नलड्दैमा चितवनको विकास हुँदैन भन्ने कुरामा कुनै दम छैन । प्रचण्ड चितवनबाट चुनाव नलड्दैमा त्यहाँको विकासलाई बेवास्ता गर्ने भन्ने कुरा पनि हुँदैन । प्रचण्ड आफ्नो गृहजिल्लामा भावनात्मक रुपमा जोडिएका छन् । त्यहाँको विकासमा ध्यान नदिने भन्ने कुरा पनि हुँदैन ।

चौथो कुरा गोरखा जिल्ला जनयुद्धको उद्गम स्थल र आधारभूमीमध्येको एक हो । गोरखाको आरुघाटमा अध्यापन गर्दै प्रचण्डले राजनीतिक जीवनको शुरुवात गरेको क्षेत्रसमेत हो । जनयुद्धको महानायक प्रचण्ड एक पटक गोरखाको उम्मेदवार नहुँदा उक्त क्षेत्रप्रति सम्मान पनि हुँदैनथ्याे।

पाँचौ कुरा, नेपालको एकीकरणदेखि लिएर जनयुद्धसम्मको प्रारम्भ भएको गोरखा विकासको हिसाबले पछाडि हुनु बिडम्बना हो । दुवै हिसाबले ऐतिहासिक गोरखा जिल्लाको समग्र विकासको योजना निर्माण र कार्यान्वयले विशेष महत्व राख्दछ र त्यसको पहलकदमी प्रचण्डले लिनु स्वागत योग्य कुरा हो । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ, तसर्थ माओवादी पार्टी र प्रचण्डले गरेको निर्णय स्वागतयोग्य मात्र नभई अपरिहार्य थियो । यो निर्णयले दूरगामी महत्व राख्छ ।

यसअघि प्रचण्डले मंसिर ४ को निर्वाचनमा पनि चितवनबाटै चुनाव लड्ने बताएका थिए । पार्टीका शीर्ष नेताहरूले गोरखाबाट चुनाव लड्दा त्याग बलिदानीको सम्मान हुने सुझाव दिएपछि र स्थानीय नेताहरूले गोरखा आउन निरन्तर दवाव दिएपछि अन्तिम समयमा प्रचण्डले चितवन छोडेर गोरखा रोजेका हुन् ।

२०६४ को निर्वाचनदेखि तीन पटकका निर्वाचनमा ४ ठाउँबाट प्रतिस्पर्धा गरेका प्रचण्डले कुनै पनि क्षेत्र दोहो¥याएका छैनन् । २०६४ चैत्रको पहिलो संविधानसभा निर्वाचनमा उनी रोल्पा र काठमाडौं–१० बाट विजयी भएका थिए । २०७० को निर्वाचनमा प्रचण्डले पूरानो निर्वाचन क्षेत्र छोडेर सिरहा–५ रोजेका थिए भने २०७४ को निर्वाचनमा सिरहाबाटै चुनाव लड्न एकल सिफारिस गरिएको भए पनि प्रचण्डले चितवन–३ रोजेका थिए । चितवन ३ बाट अत्याधिक मतले विजयी भएका उनले जिल्लाको विकास निर्माणलाई उच्च प्राथमिकता दिँदै आएको आरोप समेत ब्यहोरेका थिए ।

गोरखा, जहाँ प्रचण्डले शिक्षकको भूमिकामा रहेर क्रान्तिकारी संगठन निर्माण गरेका थिए । जनयुद्धको पहिलो योजनासमेत गोरखा बैठकले निर्माण गरेका कारण यस जिल्लामा प्रचण्डको विशेष ध्यान रहेको मानिन्छ । जनयुद्धको क्रममा सबैभन्दा पहिलो शहीद दिलबहादुर रम्तेलदेखि पार्टीको शीर्ष नेताबाट मारिने सुरेश वाग्लेसम्मका नेता गोरखाकै हुनुले पनि माओवादीका निम्ति गोरखा विशेष महत्वको जिल्ला मानिन्छ ।

२०७४ को चुनावमा गोरखा–२ बाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए । भट्टराईले यसपटकको निर्वाचनमा गोरखाबाट प्रचण्ड नै चुनाव लड्नुपर्ने प्रस्ताव राखेका थिए । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमेत गोरखा–२ बाट चुनाव लड्नसक्ने आंकलन गरिएको थियो । तर, डा भट्टराईले चुनाव नलड्ने घोषणा गरेका र श्रेष्ठ राष्ट्रिय सभा सदस्य रहेका कारण दुवै नेताहरूकै जोडबलमा प्रचण्ड गोरखाबाट लड्न लागेको बताइएको छ ।

गोर्खाले २०७० र २०७४ मा गुमाएको पकड माओवादीका लागि पुनः कायम गरेको छ । २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीले गोरखाका ११ मध्ये ९ स्थानीय तह जितेको थियो । गोरखामा एक्लै लड्दा पनि माओवादीको जनाधार बलियो देखिएको र गठबन्धनबाट चुनाव लड्दा देशभरिको चुनावी अभियानलाई कमाण्ड गर्न प्रचण्डका लागि सहज हुने भएकैले गोरखामा प्रचण्ड जाने भएका हुन ।

बिगतमा आफुले जितेको ठाउँमा प्रचण्ड जाने निर्णयप्रति डा. बाबुराम भट्टराइले सञ्जालमार्फत खुशीसहित शुभकामना व्यक्त गरेका छन् ।

वि.सं.२०७९ असोज २२ शनिवार ११:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु, दुईजना घाइते

एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु, दुईजना घाइते

लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुङ्गे पुल नजिकै...

नवलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा निर्वाचित

नवलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा निर्वाचित

नवलपुर (नवलपरासी) । जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अध्यक्षमा...

आजदेखि पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग बन्द

आजदेखि पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६...

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...