काठमाडौं । नेकपा (एमाले) र जनता समाजवादी पार्टी ९जसपा०बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई दलले मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति गरेका हुन् ।
सहमतिअनुसार प्रतिनिधि सभातर्फको १७ सिट र प्रदेश सभातर्फ ४२ सिटमा जसपालाई एमालेले सघाउने छ भने प्रतिनिधिसभाका ३५ सिट र प्रदेशसभातर्फका ७० सिटमा एमालेलाई जसपाले सघाउनेछ ।
दुई दलबीच निर्वाचनपछि पनि सहकार्य रहने सहमतिपत्रमा उल्लेख छ ।


वि.सं.२०७९ असोज २२ शनिवार १३:२८ मा प्रकाशित






























