back
CTIZAN AD

आफ्नै निवासमा मृत भेटिए एमाले नेता बालकृष्ण ढुंगेल

वि.सं.२०७९ असोज २२ शनिवार

786 

shares

काठमाडौं । नेकपा (एमाले)का नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार बिहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् ।

काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले जानकारी दिएअनुसार काँडाघारीस्थित उनी बस्दै आएको घरको बाथरुममा चिप्लिएर उनको मृत्यु भएको । उनको मृत्यु भएको खबर पाउनासाथ अनुसन्धानका लागि प्रहरी काँडाघारी जाँदै गरेको उनले बताए ।

ओखलढुंगाका ढुंगेल २०६४ सालमा तत्कालीन नेकपा माओवादीबाट सभासद् भएका थिए । एमाले पोलिटब्युरो सदस्य ढुंगेल नेकपा विभाजनपछि एमालेमै बसेका थिए ।

सशस्त्र युद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्या अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल सजाय भोगेका उनी २०७५ सालमा गणतन्त्र दिवसका अवसरमा रिहा भएका थिए ।

वि.सं.२०७९ असोज २२ शनिवार १३:४० मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...