back
CTIZAN AD

फोहोर संकलक तथा सफाइकर्मी संस्थाहरूको राष्ट्रिय सञ्जाल स्थापना गरिने

वि.सं.२०७९ कात्तिक २३ बुधवार

1K 

shares

काठमाडौं । नेपालमा फोहोर संकलक तथा सफाइकर्मी संस्थाहरूको राष्ट्रिय सञ्जाल स्थापना गरिने भएको छ । क्रियसन नेपालको आयोजनामा राष्ट्रिय सञ्जाल स्थापनाका लागि मंगलबार काठमाडौंमा फोहोर संकलक तथा सफाइकर्मी संस्थाका प्रतिनिधिहरूको सहभागीमा कार्यशाला भएको हो । यस कार्यशालाको मुख्य उद्देश्य नेटवर्किङ निर्माण र फोहोर उठाउनेहरूको हितमा काम गर्ने संस्था, व्यक्ति र स्थानीय सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्ने रहेको थियो ।

उक्त कार्यशालामा विश्वव्यापी सदस्यतामा आधारित संस्था ग्लोबल एलायन्स अफ वेस्ट पिकरको संविधानबारे समेत छलफल भएको छ । क्रियसन नेपालका अध्यक्ष आनन्द मिश्रले हरेक क्षेत्रको छाता संगठन हुने गरेको बताउँदै फोहोरको क्षेत्रमा काम गर्नेहरूको छाता संगठन नभएको गुनासो गरे । उनले भने, ‘हरेक क्षेत्रको छाता संगठन हुन्छ । तर, फोहोरमैला क्षेत्रमा काम गर्नेहरूको छाता संगठन नै छैन । फोहोरमैला क्षेत्रमा काम गर्नेहरूलाई एकजुट बनाउनका लागि यो कार्यशालाको पहिलो सुरुवात हो ।’

कार्यशालामा एलायन्स अफ वेस्ट–पिकर इन्डियाका कबिर अरोराले फोहोर पिकरहरूको विश्वव्यापी गठबन्धनको परिचय र भारतमा फोहोर व्यवस्थापनबारे भइरहेका काम चुनौती लगायतका विषयमा प्रस्तुत गरेका थिए । त्यस्तै, उक्त कार्यशालामा जुम मार्फत भारतीय फोहोर पिकरहरुको अनुभव समेत प्रस्तुत गरिएको थियो ।

कार्यशालामा बोल्दै कबिर अरोराले फोहोरका क्षेत्रमा काम गर्ने कामदारहरूको समस्या अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने बताए । उनले भने, ‘यस क्षेत्रमा काम गर्ने कामदारहरूको समस्या सरकार र अन्तराष्ट्रियस्तरमा पुर्‍याउनका लागि ट्रेड युनियन बनाउने छौँ । फोहोर सङ्कलकहरूको राष्ट्रिय सञ्जाल विस्तार गर्नका लागि सदृढिकरणका कामहरू गर्नेछौँ । जसका लागि पाँच वर्षे खाका तयार गरिएको छ ।’

त्यस्तै कार्यशालामा फोहोर व्यवस्थापनका चुनौती, फोहोरमैला व्यवस्थापन ऐन, श्रम ऐन र राष्ट्रिय कानुनको ब्रिफिङ, पर्यावरण संरक्षण ऐन लगायतका विषयमा छलफल भएको थियो ।

वि.सं.२०७९ कात्तिक २३ बुधवार १४:५० मा प्रकाशित

तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

तेह्रथुम । प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा...

बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित

बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित

राँझा (बाँके) । बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र...

कास्की २ मा ३१ हजार बढी मत ल्याएर रास्वपाका पौडेल विजयी

कास्की २ मा ३१ हजार बढी मत ल्याएर रास्वपाका पौडेल विजयी

गण्डकी । प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा...

दैलेख १ बाट कांग्रेसकी थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित

दैलेख १ बाट कांग्रेसकी थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित

दैलेख । दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार...

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...