back
CTIZAN AD

काभ्रे-२ मा रास्वपाको अग्रता

वि.सं.२०८२ फागुन २२ शुक्रवार

549 

shares

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को पछिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रता निरन्तर कायम छ । आज बिहानदेखि निर्वाचन क्षेत्र नं २ को धुलिखेल नगरपालिकाबाट गणना सुरु गरिएको हो ।

हालसम्ममा निर्वाचन क्षेत्र नं २ अन्तर्गतका धुलिखेल र पनौती नगरपालिकाका वडाहरू गणना सम्पन्न गरेको हो । पछिल्लो मत परिणामअनुसार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ र १२ सम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बदनकुमार भण्डारीले नौ हजार ८५५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का अशोककुमार ब्याञ्जु श्रेष्ठले चार हजार १४९ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले दुई हजार ८०९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका वसुन्धरा हुमागाईँले एक हजार २६८ मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका ज्योत्सना संजुले ६७३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रन्जीव श्रेष्ठले ३६४, प्रगतिशील लोकतान्त्रिक पार्टीका रमेशबहादुर घर्ती क्षेत्रीले २१, श्रम संस्कृति पार्टीका टङ्कबहादुुर लामाले ८८ मत र स्वतन्त्रका आसा तामाङले ५० प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का कार्यालयका अनुसार २० हजार ४४१ मत गणना भएकामा एक हजार ८८ मत बदर भएको जनाएको छ ।

वि.सं.२०८२ फागुन २२ शुक्रवार १९:१५ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...