back
CTIZAN AD

चौथो जेम एण्ड ज्वेलरी एक्स्पो आगामी शुक्रबारदेखि

वि.सं.२०७९ पुस २६ मंगलवार

675 

shares

काठमाडौं । नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौंमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात् मंसिर २८ गते, विहिबार ज्वेलरी फेशन शो आयोजना गरिने संघले जानकारी दिएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ्ग नेपलिज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको र नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पुर्‍याउन एक्सपोको आयोजना गर्न लागेको जानकारी दिइन् ।

ज्वेलरी फेशन शोमा बलिउडकी चर्चित अभिनेत्री तथा मोडल मल्लैका अरोराले नेपाली पोशाक र गरगहनाका साथ ¥याम्पमा उत्रिने संघले जनाएको छ । होटल याक एन्ड यतिमा विहिवार साँझ ६ बजे बलिउड अभिनेत्री अरोराले मोडलिङ्ग गर्न लागेका हुन् । निःशुल्क रुपमा प्रवेश पाइने जेम एण्ड ज्वेलरी एक्स्पोको उद्घाटन भने शुक्रवार होटल याक एन्ड यतिमा १२ः ३० मा हुने तय भएको छ । एक्स्पो बिहान १० देखि सांझ ७ बजेसम्म चालु रहने छ ।

आयोजक समितिका द्धितीय उपाध्यक्ष तथा एक्स्पो संयोजनक शक्ति कुमार बेगानले भने, “ ज्वेलरी फेशन शो” मा विख्यात भारतीय सिने अभिनेतृ एवं सञ्चारकर्मी मलैका अरोरा नेपाली पोशाक र आभुषणमा ¥याम्पमा प्रस्तुत हुँदा आर. वी. डाइमण्ड ज्वेलर्स प्रा.लि., गणपति ज्वेलर्स नेपाल प्रा.लि., सयपत्री (मेरिगोल्ड) ज्वेलर्स, क्वीन्स ज्वेल्स् प्रा.लि., धनश्री ज्वेलर्स, डि.सी. डाइमण्ड प्रा. लि. आदि विभिन्न प्रमुख ज्वेलर्स कम्पनीहरुले फेशन शो गर्नेछन् ।’

पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले चालु पुँजी कर्जा संशोधनले तात्विक असर नगरेको र कर्जा व्याजदर एकलविन्दुमा झारेमा मात्र गरगहनाको लागतमा कम पर्न गइ मुल्य घट्न जाने बताए । १५ लाख जना यो व्यवसायसँग अप्रत्यक्ष रुपमा आश्रित रहेको र २५ हजारवटा आउटलेट रहेको यो व्यवसायले वार्षिक १० अर्बको राजस्व बुझाउँदा पनि अनुत्पादक क्षेत्र भनेकोमा उनले गुनासो गरे । स्वदेशी बहुमूल्य धातु तथा रत्न, पत्थरको उत्खनन, प्रशोधन र उपयोग गरी आयातलाई यथाशक्य प्रतिस्थापन गर्ने, आयातित वस्तुलाई औद्योगिक कच्चा पदार्थको रुपमा मुलुक भरका आभुुपण व्यवसायीहरुले सहजरुपमा आवश्यकतानुसार उपयोग गर्न सक्ने अवस्थाको सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा बढी भन्दा बढी मूल्य अभिवृद्धि गर्ने र नेपाली मौलिक वहुमूल्य आभुषणको निकासीलाई प्रवद्र्धन गरी वैदेशिक व्यापारमा यस क्षेत्रको योगदानलाई थप विस्तार गर्ने लक्ष्यका साथ आप्mना गतिविधिहरुलाई संघले केन्द्रित गरिरहेको संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले बताए ।

हीरा, जवाहरात आदि वहुमूल्य रत्न तथा पत्थरको वहुमूल्य आभुषण उत्पादन एवं कारोवार गर्ने नेपाल रत्न तथा आभुषण संघ (नेग्जा) ले नेपाली पत्थरको प्रवद्र्धनका लागि पनि एक्स्पो सहायक सिद्ध हुने जनाएको छ । काइनाइट, ट्रुमिलिन जस्ता नेपाली पत्थरका साथ नेपाली शैलीका नेपालमा उत्पादिन गरगहनाको माग विदेशमा वढाउन र विदेशमा छरेर रहेका नेपालीहरुको ध्यानआकृष्ट गराउनका लागि एक्स्पोको आयोजना गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

टाइटल स्पोन्सरको रुश्रपमा रहेको न्युड (द नेपाल डिस्टिलरी)का सुदिक्षा अधिकारीले नेपाली उत्पादन विश्वमा चिनाउन लागिएकोले आफूहरुले सहभागिता जनाएको बताए । अर्का स्पोन्सर एइसीसीका शैलेष झाले नेपाली सीप र कलाकौशललाई विश्व बजारमा पुर्‍याउन एक्स्पोको आयोजना गरिएको बताए ।

लामो समय चालू रहेको लकडाउनले समग्र व्यापार व्यवसायमा नै गम्भीर प्रतिकूल असर पर्न गएको र उच्च मूल्यको वस्तुको कारोवार गर्ने व्यवसाय भएकोले आभुषण क्षेत्र झनै तहस–नहसको अवस्थामा पुगेको संघले जनाएको छ । यस व्यवसायमा आवश्यक पर्ने कच्चा पदार्थको आयात प्रति राज्यको दृष्टिकोण स्पष्ट नहुँदा र आयातको लागि अख्तियारी प्राप्त निकायमा व्यावसायिक सोचभन्दा पनि कर्मचारीगत सोच हावी भएकोले माग र आपुर्ति वीचको संतुलन मिल्न नसक्दा यो एउटा स्थायी समस्याको रुपमा देखा परेको संघले उल्लेख गरेको छ ।

महामारी नियन्त्रणमा आय पछि उद्योग, व्यापार, व्यवसाय आदिमा केही रक्त संचार हुंदै आएको छ र आभुषण व्यवसायका साथै मुलुकको समग्र अर्थतन्त्रमा सकारात्मक संदेश पुगोस् भनेर पनि इभेन्टको आयोजना गर्न लागिएको कार्यक्रममा बताइएको थियो ।

वि.सं.२०७९ पुस २६ मंगलवार १८:०५ मा प्रकाशित

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।...

विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको...

सरकारसँग सहमतिपछि घर फर्किए लघुवित्तपीडित

सरकारसँग सहमतिपछि घर फर्किए लघुवित्तपीडित

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा...

पहिरोले विभिन्न सडक अवरुद्ध

पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...