back
CTIZAN AD

के प्रचण्डले देउवासँग शक्ति बाँडफाँटबारे सहमति गरेका हुन् ?

वि.सं.२०७९ पुस २६ मंगलवार

990 

shares

काठमाडौं । नेपाली कांग्रेसले अनौठो गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन ग¥यो । कांग्रेसकै सहयोगले प्रचण्डले दुई तिहाई बढी सदस्यको विश्वासको मत पाए ।

तर, प्रचण्डले कांग्रेसको अस्वभाविक मत पाइरहँदा उनीमाथि कुनै भित्रि सम्झौता त गरेको होइन भन्ने प्रश्न उठेको छ । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले आगामी सत्ता समीकरण कांग्रेससँग गर्न खोजेका त होइनन् ? एमालेमात्रै होइन अन्य दलमा पनि प्रश्न उब्जेको छ ।

मंगलबार संसदमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कांग्रेसको अस्वभाविक समर्थनप्रति प्रश्न उठाएका थिए । उनले कांग्रेसले “माछा नभएको खोलामा जाल फ्याँक्यो, केही पाउँदैन” भन्ने प्रतिक्रिया दिएका छन् ।

कांग्रेसको अस्वभाविक समर्थन पाएको बारे मंगलबार संसद भवनबाट बाहिरिने क्रममा पनि प्रचण्डमाथि सञ्चारकर्मीले थुप्रै प्रश्न तेर्साए । उनीमाथि कांग्रेससँग शक्ति बाँडफाँटबारे सहमति गरिएको त होइन ? भनि प्रश्न गरे ।

तर, प्रचण्डले आफुँले कांग्रेससँग कुनै सम्झौता नगरेको दाबी गरेका छन् । “विश्वासको मत दिने विषयमा कुनै सर्त छैन”, प्रचण्डले भनेका छन् । उनीमाथि राष्ट्रपति र उपराष्ट्रपतिमा लेनदेन भएको त होइन ? भन्ने प्रश्न पत्रकारले तेर्साएका थिए ।

प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसमध्ये एक सांसद निलम्बित छन् भने राप्रपा सांसद पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन् । मंगलबार भएको मतदानमा २७० सांसदमात्रै सहभागी भएका थिए । जसमध्ये प्रचण्डले २६८ मत पाएका छन् भने विपक्षमा २ मत खसेको छ ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक सबै दल र स्वतन्त्र सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन् ।

वि.सं.२०७९ पुस २६ मंगलवार १८:२३ मा प्रकाशित

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...