back

के प्रचण्डले देउवासँग शक्ति बाँडफाँटबारे सहमति गरेका हुन् ?

वि.सं.२०७९ पुस २६ मंगलवार

201 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपाली कांग्रेसले अनौठो गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन ग¥यो । कांग्रेसकै सहयोगले प्रचण्डले दुई तिहाई बढी सदस्यको विश्वासको मत पाए ।

तर, प्रचण्डले कांग्रेसको अस्वभाविक मत पाइरहँदा उनीमाथि कुनै भित्रि सम्झौता त गरेको होइन भन्ने प्रश्न उठेको छ । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले आगामी सत्ता समीकरण कांग्रेससँग गर्न खोजेका त होइनन् ? एमालेमात्रै होइन अन्य दलमा पनि प्रश्न उब्जेको छ ।

मंगलबार संसदमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कांग्रेसको अस्वभाविक समर्थनप्रति प्रश्न उठाएका थिए । उनले कांग्रेसले “माछा नभएको खोलामा जाल फ्याँक्यो, केही पाउँदैन” भन्ने प्रतिक्रिया दिएका छन् ।

कांग्रेसको अस्वभाविक समर्थन पाएको बारे मंगलबार संसद भवनबाट बाहिरिने क्रममा पनि प्रचण्डमाथि सञ्चारकर्मीले थुप्रै प्रश्न तेर्साए । उनीमाथि कांग्रेससँग शक्ति बाँडफाँटबारे सहमति गरिएको त होइन ? भनि प्रश्न गरे ।

तर, प्रचण्डले आफुँले कांग्रेससँग कुनै सम्झौता नगरेको दाबी गरेका छन् । “विश्वासको मत दिने विषयमा कुनै सर्त छैन”, प्रचण्डले भनेका छन् । उनीमाथि राष्ट्रपति र उपराष्ट्रपतिमा लेनदेन भएको त होइन ? भन्ने प्रश्न पत्रकारले तेर्साएका थिए ।

प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसमध्ये एक सांसद निलम्बित छन् भने राप्रपा सांसद पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन् । मंगलबार भएको मतदानमा २७० सांसदमात्रै सहभागी भएका थिए । जसमध्ये प्रचण्डले २६८ मत पाएका छन् भने विपक्षमा २ मत खसेको छ ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक सबै दल र स्वतन्त्र सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन् ।

वि.सं.२०७९ पुस २६ मंगलवार १८:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...