back
CTIZAN AD

मर्जरपछि आजदेखि प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार सुरु

वि.सं.२०७९ पुस २६ मंगलवार

654 

shares

काठमाडौँ । प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी आजदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ ।

एकीकृत कारोबारपछि प्रभु बैंकको कूल सम्पत्ति रु तीन खर्ब ४० अर्ब, चुक्ता पूँजी रु २२ अर्ब, कूल निक्षेप रु दुई खर्ब ८४ अर्ब र कूल कर्जा प्रवाह रु दुई खर्ब ५३ अर्ब पुगेको छ । त्यस्तै, ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी, शाखा सञ्जाल तीन सय ६५, एटिएम सञ्जाल तीन सय नौ र एक्सटेन्सन काउन्टर ७२ वटा पुगेको बैंकले जनाएको छ ।

एकीकृत कारोबार सुरु भएसँगै साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकको १२ अङ्कको खाता नम्बर परिवर्तन भई १६ अङ्कको खाता नम्बर बनेको पनि प्रभु बैंकले जनाएको छ ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले लिएको नीतिअनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने÷गाभिने र प्राप्ति प्रक्रियामा गइरहेका छन् । चालु आर्थिक वर्षको पुस महिनामा मात्र आठवटा वाणिज्य बैंक एक आपसमा मर्जर तथा प्राप्ति प्रक्रियामा गएर चारवटा कायम भएका छन् ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु एकापसमा गाभिएर ‘ग्लोबल आइएमई बैंक लिमिटेड’ का नामबाट सोमबारदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् । त्यस्तै, कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक एकापसमा गाभिएर ‘कुमारी बैंक लिमिटेड’ का नामबाट पुस १७ गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए ।

मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिएर भोलि बुधबारदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’ का नामबाट एकीकृत कारोबार गर्दैछन् । त्यस्तै, हिमालयन बैंकले सिभिल बैंक लिमिटेडलाई प्राप्तिका लागि सहमति गरिसकेको भए पनि एकीकृत कारोबार भने सुरु भइसकेको छैन । दुवै बैंकले पुस २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएका छन् । आगामी माघ महिनाभित्रै एकीकृत कारोबार गर्ने यी बैंकको तयारी छ । त्यस्तै, लक्ष्मी बैंक र सनराइज बैंकले पनि एकापसमा मर्जरमा जाने समझदारी गरिसकेका छन् ।

 

वि.सं.२०७९ पुस २६ मंगलवार २०:२५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...