back

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको भेट

वि.सं.२०७९ पुस २८ बिहीवार

129 

shares
RBB AD
NTC AD

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सले भेट गरेका छन् ।

प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याएको बताए । प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कुटनीतिक सम्बन्ध रहने बताउँदै यसलाई आफूले प्रो–नेपाल पोलिसी’को नाम दिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार शान्ति प्रक्रियाको पूर्णता, दिगो आर्थिक विकास र सामाजिक सुरक्षा लागू गर्न प्रभावकारी रूपमा लागिपर्ने बताए ।

भेटमा राजदूत प्रिन्सले संसदबाट झण्डै शतप्रतिशत मतका साथ विश्वासको मत प्राप्त गरेकोमा प्रधानमन्त्रीलाई बधाइ दिँदै नेपालको पूर्वाधार विकास र समृद्धिका क्षेत्रमा जर्मन सरकारको सहयोग पूर्ण रहने बताए ।

 

वि.सं.२०७९ पुस २८ बिहीवार १४:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपालको अधिकतम तापक्रम ४० डिग्रीमाथि

नेपालको अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँ । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको...

उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने उपल्लो मुस्ताङको लोमान्थाङमा नयाँ...

विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक

विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक

ढोरपाटन (बागलुङ) । सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै...

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

वालिङ (स्याङ्जा) । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका...

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको...

खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ

खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ

काठमाडौँ । कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई...