back

घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै माधव नेपालले लेखे पत्र (पत्रसहित)

वि.सं.२०७९ पुस २८ बिहीवार

333 

shares
RBB AD
NTC AD

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) पार्टीले कम्युनिष्ट नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै पत्र पठाएको छ ।
नेता भुसालले २ दिन अगाडि पार्टी प्रवेशका गर्न छलफलका लागि पठाएको ‘कम्युनिष्ट आन्दोलनको पुर्नगठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ नामक दस्तावेज बुझाएका थिए । सोहि प्रस्ताव पत्रको जवाफमा समाजवादीले उनलाई पार्टीका स्वागत गर्दै पत्र पठाएको हो ।

पार्टीका महासचिव बेदुराम भुसालले पत्रको जवाफ दिँदै लेखेका छन्–’हामीले २०७७ चैत्र ४–५ मा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने जुन दृढ अठोट गरेका थियौँ । त्यसमा नेकपा (एकीकृत समाजवादी) आज पनि प्रतिबद्ध छ । पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन् । त्यसैले तपाईं अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी) मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ ।’

यस्तो छ पत्रको पूर्णपाठ
कमरेड घनश्याम भुसाल,
तपाईले हाम्रो पार्टीको ‘वाम एकता वार्ता समिति’ लाई सम्बोधन गरेर ‘कम्युनिष्ट आन्दोलनको पुर्नगठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ भनी लिखित रुपमा प्रस्तुत गर्नुभएको प्रस्ताव अध्ययन गरियो र केन्द्रीय सचिवालयको बैठकमा समेत छलफल गरियो । तपाईले प्रस्तुत गर्नुभएका प्रस्तावहरु पार्टीले अहिले अंगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा र सकारात्मक छन् ।

इतिहासमा भएका सबै उपलब्धि र कमजोरीहरु हाम्रा साझा विरासत हुन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताले समाजवादी क्रान्तिका लागि तयार गरेको आधार संसदको विघटन र नेकपाको विभाजनले भत्कायो र नेकपाको विभाजनपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ं दुवै राजनीतिक, बैचारिक र कार्यदिशाको सवालमा पछाडि फर्के तर नेकपा (एकिकृत समाजवादी) सैद्धान्तिक, बैचारिक र कार्यक्रमिक रुपमा अहिले पनि नेकपाकै विन्दुमा रहेको छ र ‘कुनै दिन नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकिकृत हुँदा अहिले नेकपा (एकिकृत समाजवादी) मा कायम रहेको सैद्धान्तिक विन्दुमा नफर्किकन सुखै छैन’ भन्ने तपाईको विश्लेषण पार्टीको तत्सम्बन्धी विश्लेषणसँग मिल्दोछ ।
नेपाली क्रान्तिको अबको कार्यदिशा समाजवाद निर्माणतर्फ अगाडि बढ्ने हो भन्ने नेकपा (एमाले) को नवौं महाधिबेशनको निर्णयप्रति नेकपा (एकिकृत समाजवादी) अहिले पनि प्रतिबद्ध छ । नेपाली क्रान्तिको आजको कार्यदिशा त्यहि नै हो ।

समाजवादको ठोस कार्यक्रम बनाएर अगाडि बढ्नु र त्यो कार्यक्रम बोक्ने पार्टी निर्माण गर्नु आजको आवश्यकता हो ।
हामीले २०७७ चैत्र ४–५ मा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने जुन दृढ अठोट गरेका थियौँ । त्यसमा नेकपा (एकीकृत समाजवादी) आज पनि प्रतिबद्ध छ । पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन् । त्यसैले तपाईं अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी) मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ । यतिबेला नेपाली समाजमा विद्यमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अंगालेर अगाडि बढ्नु पर्दछ भन्ने दृष्टिकोण राख्ने विभिन्न कम्युनिष्ट समूह र व्यक्तिहरुलाई समेत समाजवादी कार्यदिशा अंगालेको यहि नेकपा (एकिृकृत समाजवादी) मा एक्यबद्धता गर्ने कार्यमा हामी सबै सक्रियतापूर्वक लागौं भन्ने अनुरोध छ ।’

डा. बेदुृराम भुसाल
म्हासचिव एवं वाम एकता वार्ता समिति संयाजेक,
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)

नेता घनश्याम भुसाल एकिकृत समाजवादीमा प्रवेश गर्दै (यस्तो छ प्रस्ताव)

 

वि.सं.२०७९ पुस २८ बिहीवार १५:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

गण्डकी । रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यहीँ...

राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन...

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा...

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव...

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

काठमाडौं । सरकारले एकैपटक ४८ जना उपसचिवको सरुवा गरेको छ...

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...