back
CTIZAN AD

घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै माधव नेपालले लेखे पत्र (पत्रसहित)

वि.सं.२०७९ पुस २८ बिहीवार

1.2K 

shares

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) पार्टीले कम्युनिष्ट नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै पत्र पठाएको छ ।
नेता भुसालले २ दिन अगाडि पार्टी प्रवेशका गर्न छलफलका लागि पठाएको ‘कम्युनिष्ट आन्दोलनको पुर्नगठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ नामक दस्तावेज बुझाएका थिए । सोहि प्रस्ताव पत्रको जवाफमा समाजवादीले उनलाई पार्टीका स्वागत गर्दै पत्र पठाएको हो ।

पार्टीका महासचिव बेदुराम भुसालले पत्रको जवाफ दिँदै लेखेका छन्–’हामीले २०७७ चैत्र ४–५ मा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने जुन दृढ अठोट गरेका थियौँ । त्यसमा नेकपा (एकीकृत समाजवादी) आज पनि प्रतिबद्ध छ । पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन् । त्यसैले तपाईं अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी) मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ ।’

यस्तो छ पत्रको पूर्णपाठ
कमरेड घनश्याम भुसाल,
तपाईले हाम्रो पार्टीको ‘वाम एकता वार्ता समिति’ लाई सम्बोधन गरेर ‘कम्युनिष्ट आन्दोलनको पुर्नगठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ भनी लिखित रुपमा प्रस्तुत गर्नुभएको प्रस्ताव अध्ययन गरियो र केन्द्रीय सचिवालयको बैठकमा समेत छलफल गरियो । तपाईले प्रस्तुत गर्नुभएका प्रस्तावहरु पार्टीले अहिले अंगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा र सकारात्मक छन् ।

इतिहासमा भएका सबै उपलब्धि र कमजोरीहरु हाम्रा साझा विरासत हुन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताले समाजवादी क्रान्तिका लागि तयार गरेको आधार संसदको विघटन र नेकपाको विभाजनले भत्कायो र नेकपाको विभाजनपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ं दुवै राजनीतिक, बैचारिक र कार्यदिशाको सवालमा पछाडि फर्के तर नेकपा (एकिकृत समाजवादी) सैद्धान्तिक, बैचारिक र कार्यक्रमिक रुपमा अहिले पनि नेकपाकै विन्दुमा रहेको छ र ‘कुनै दिन नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकिकृत हुँदा अहिले नेकपा (एकिकृत समाजवादी) मा कायम रहेको सैद्धान्तिक विन्दुमा नफर्किकन सुखै छैन’ भन्ने तपाईको विश्लेषण पार्टीको तत्सम्बन्धी विश्लेषणसँग मिल्दोछ ।
नेपाली क्रान्तिको अबको कार्यदिशा समाजवाद निर्माणतर्फ अगाडि बढ्ने हो भन्ने नेकपा (एमाले) को नवौं महाधिबेशनको निर्णयप्रति नेकपा (एकिकृत समाजवादी) अहिले पनि प्रतिबद्ध छ । नेपाली क्रान्तिको आजको कार्यदिशा त्यहि नै हो ।

समाजवादको ठोस कार्यक्रम बनाएर अगाडि बढ्नु र त्यो कार्यक्रम बोक्ने पार्टी निर्माण गर्नु आजको आवश्यकता हो ।
हामीले २०७७ चैत्र ४–५ मा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने जुन दृढ अठोट गरेका थियौँ । त्यसमा नेकपा (एकीकृत समाजवादी) आज पनि प्रतिबद्ध छ । पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन् । त्यसैले तपाईं अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी) मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ । यतिबेला नेपाली समाजमा विद्यमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अंगालेर अगाडि बढ्नु पर्दछ भन्ने दृष्टिकोण राख्ने विभिन्न कम्युनिष्ट समूह र व्यक्तिहरुलाई समेत समाजवादी कार्यदिशा अंगालेको यहि नेकपा (एकिृकृत समाजवादी) मा एक्यबद्धता गर्ने कार्यमा हामी सबै सक्रियतापूर्वक लागौं भन्ने अनुरोध छ ।’

डा. बेदुृराम भुसाल
म्हासचिव एवं वाम एकता वार्ता समिति संयाजेक,
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)

नेता घनश्याम भुसाल एकिकृत समाजवादीमा प्रवेश गर्दै (यस्तो छ प्रस्ताव)

 

वि.सं.२०७९ पुस २८ बिहीवार १५:२७ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...