काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको अवस्थामा विभिन्न प्रकारको इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस जस्ता पेय पदार्थको प्रयोग गर्ने गरेका छौँ । यस्तो खालको पेय पदार्थले हाम्रो शरिरमा कस्तो खालको राम्रो नराम्रो असर गर्छ र यी तीन प्रकारको पेय पदार्थ मध्ये कुन चाहिँ हाम्रो शरिरको लागि उपयुक्त हु्न्छ भन्ने विषयलाई मध्येनजर गरेर यो समाचार तयार पारिएको हो ।
यी पेय पदार्थहरूको तुलनात्मक विवरण यस प्रकार रहेको छः
१. कुनमा कति क्यालोरी (प्रति १०० मिलि लिटर)
इनर्जी ड्रिंकः बजारमा पाईने इनर्जी ड्रिंकमा ४५ क्यालोरी हुन्छ, जुन स्वास्थ्यको लागि हानीकारक रहेको पाईन्छ ।
कोल्ड ड्रिंकः कोल्ड ड्रिंकमा ४२ क्यालोरी हुन्छ, जुन स्वास्थ्यको लागि नराम्रो नै हुन्छ ।
जूस (प्याक गरेको) : बजारमा प्याक गरेर राखेको जूसमा ५० क्यालोरी हुन्छ, जुन इनर्जी ड्रिंक र कोल्ड ड्रिंकको तुलनामा केहि मात्रामा बढी हो र यो स्वास्थ्यको लागि नराम्रो नै हो ।
२. कुनमा कति चिनी (प्रति १०० मिलि लिटर)
इनर्जी ड्रिंकः बजारमा पाईने इनर्जी ड्रिंकमा ११ ग्राम चिनी हुन्छ, जुन स्वास्थ्यको लागि हानीकारक रहेको पाईन्छ ।
कोल्ड ड्रिंकः कोल्ड ड्रिंकमा १० दशमलव ५ ग्राम चिनी हुन्छ, जुन इनर्जी ड्रिंक र जुसको तुलनामा कम हो तर पनि यो स्वास्थ्यको लागि भने हानिकारक नै हो ।
जूस (प्याक गरेको)ः बजारमा प्याक गरेर राखेको जूसमा १२ ग्राम चिनी हुन्छ, जुन इनर्जी ड्रिंक र कोल्ड ड्रिंकको तुलनामा केहि मात्रामा बढी हो र यो स्वास्थ्यको लागि नराम्रो नै हो ।
३. कुनमा कति क्याफिन (प्रति १०० मिलि लिटर)
इनर्जी ड्रिंकः बजारमा पाईने इनर्जी ड्रिंकमा ३० देखि ३२ मिलिग्राम क्याफिन पाईन्छ, जुन स्वास्थ्यको लागि हानीकारक रहेको पाईन्छ ।
कोल्ड ड्रिंकः कोल्ड ड्रिंकमा ८ देखि १० मिलिग्राम क्याफिन पाईन्छ, जुन स्वास्थ्यको लागि नराम्रो नै मानिन्छ ।
जूस (प्याक गरेको)ः बजारमा प्याक गरेर राखेको जुसमा भने क्याफिन पाईदैन, जुन स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
क्याफिन के हो?
क्याफिन चिया, कफी र कोकोमा प्राकृतिक रूपमा पाइने एक तीव्र उत्तेजक पदार्थ हो, जसले हाम्रो केन्द्रीय स्नायु प्रणालीलाई सक्रिय बनाएर शरीर र मस्तिष्कमा तुरुन्तै ताजापन र ऊर्जा दिने काम गर्छ। यसको सही मात्रामा सेवन गर्दा आलस्य र थकाइ हट्नुका साथै एकाग्रता, ध्यान केन्द्रित गर्ने क्षमता र मूडमा निकै सुधार आउँछ। तर, यसको अत्यधिक वा गलत समयमा सेवन गर्दा गम्भीर नकारात्मक असरहरू पनि देखिन सक्छन्, जस्तै राती ढिलो खाँदा निन्द्रा नलाग्ने (अनिन्द्रा) र पेटमा एसिडिटी बढेर ग्यास्ट्रिकको समस्या हुनु। धेरै क्याफिनले मुटुको धडकन बढाएर विनाकारण छटपटी र डर उत्पन्न गराउन सक्छ भने यसको नियमित बानी परेमा पछि नखाँदा टाउको दुख्ने र रिस उठ्ने जस्ता लतका लक्षणहरू देखिन्छन्। त्यसैले दिनमा २ देखि ३ कपभन्दा बढी चिया वा कफी नखाई सन्तुलित मात्रामा मात्र प्रयोग गर्नु बुद्धिमानी हुन्छ ।
४. कुनमा कति टौरिन (प्रति १०० मिलि लिटर)
इनर्जी ड्रिंकः इनर्जी ड्रिंकमा टौरिन ४०० मिलीग्राम पाईन्छ, जुन स्वास्थ्यको लागि हानिकारक हो ।
कोल्ड ड्रिंक र जूसः कोल्ड ड्रिंक र जुसमा भने टौरिन पाईदैन ।
टौरिन के हो?
टौरिन भनेको एक प्रकारको विशेष एमिनो एसिड हो, जुन हाम्रो मस्तिष्क, मुटु, आँखा र मांसपेशीहरूमा प्राकृतिक रूपमा पाइन्छ र शरीरको सन्तुलन कायम राख्न आवश्यक हुन्छ। यसले मुटुको कार्यक्षमतामा सुधार ल्याउनुका साथै रक्तचाप र कोलेस्ट्रोलको स्तरलाई सन्तुलित राखेर मुटुलाई स्वस्थ बनाउन ठूलो भूमिका खेल्छ। मांसपेशीहरूलाई बलियो बनाउने र कसरत गर्दा चाँडै थाक्न नदिने भएकाले यो खेलाडीहरूका लागि निकै फाइदाजनक मानिन्छ। प्राकृतिक भोजन जस्तै मासु, माछा र अण्डाबाट पर्याप्त टौरिन प्राप्त हुने हुनाले सामान्य अवस्थामा यसको कुनै नकारात्मक असर हुँदैन। तर, बजारमा पाइने इनर्जी ड्रिंक्सहरू मार्फत यसको अत्यधिक र कृत्रिम सेवन गर्दा मिर्गौलामा बढी दबाब पर्न सक्छ। विशेष गरी इनर्जी ड्रिंक्समा टौरिनसँगै भारी मात्रामा क्याफिन र चिनी पनि हुने भएकाले यसले मुटुको धडकन अनियन्त्रित बनाउने, अनिन्द्रा गराउने र पाचन प्रणाली बिगार्ने जस्ता समस्या निम्त्याउन सक्छ।
५. कुनमा कति सोडियम (प्रति १०० मिलि लिटर)
इनर्जी ड्रिंकः इनर्जी ड्रिंकमा सोडियम ४० देखि ५० मिलिग्राम पाईन्छ। यसलाई अस्वस्थकर रुपमा लिन सकिन्छ ।
कोल्ड ड्रिंक र जूसः कोल्ड ड्रिंक र जुसमा भने यो कम मात्रामा पाईन्छ ।
६. कुनमा कति फ्याट, प्रोटिन र फाईबर (प्रति १०० मिलि लिटर)
इनर्जी ड्रिंक, कोल्ड ड्रिंक र जूसः यी तीनमै फ्याट, प्रोटिन र फाईबर पाइँदैन । तत्कालीन इनर्जीको लागि त यो राम्रै हुन्छ तर हाम्रो शरिरमा भने यसको दीर्घकालीन फाइदा शून्य मात्रामा हुन्छ ।
७. कुनमा कति अप्राकृतिक तत्व(प्रति १०० मिलि लिटर)
इनर्जी ड्रिंक र कोल्ड ड्रिंकः इनर्जी ड्रिंक र कोल्ड ड्रिंकमा अप्राकृतिक तत्व अत्यधिक मात्रामा पाईन्छ ।
जूस (प्याक गरेको) : जुसमा भने अप्राकृतिक तत्व केहि मध्यम मात्रामा पाईन्छ । तर पनि यसलाई स्वास्थ्यको हिसाबले भने नराम्रो नै मानिन्छ ।
८. कुनमा कति कार्बोनेसन(प्रति १०० मिलि लिटर)
इनर्जी ड्रिंक र कोल्ड ड्रिंकः इनर्जी ड्रिंक र कोल्ड ड्रिंकमा कार्बोनेसन (ग्यास) बढी हुन्छ ।
जूस (प्याक गरेको): जूसमा भने कार्बोनेसन हुँदैँन ।
९. अम्लिय पदार्थ (एसिडिटी)
इनर्जी ड्रिंक र कोल्ड ड्रिंकः इनर्जी ड्रिंक र कोल्ड ड्रिंकमा अम्लिय पदार्थको अत्यधिक मात्रामा प्रयोग भएको हुन्छ ।
जूस (प्याक गरेको) : जूसमा भने यसको प्रयोग कम मात्रामा भएको पाईन्छ ।
१०. कुनमा कति अस्मोलारीटी
इनर्जी ड्रिंक, कोल्ड ड्रिंक र जूसः यी तीनै प्रकारका पेय पदार्थहरूमा अस्मोलारीटी अत्यधिक प्रयोग गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि अनुकूल मानिँदैन ।
निष्कर्ष
समग्रमा हेर्दा बजारमा पाइने इनर्जी ड्रिंक, कोल्ड ड्रिंक र प्याक गरिएका जूस तीनै थरी पेय पदार्थहरू स्वास्थ्यको दृष्टिकोणले लाभदायक देखिँदैनन्। तुलनात्मक रूपमा जूसमा क्याफिन र कार्बोनेसन नहुने भएकाले यसलाई केही हदसम्म कम हानिकारक मान्न सकिए पनि यसमा हुने उच्च क्यालोरी र चिनीका कारण यो पनि पूर्ण स्वस्थकर छैन। त्यसैले, गर्मी वा थकाइको समयमा यस्ता बजारिया पेय पदार्थको सट्टा घरमै तयार पारिएको ताजा फलफूलको रस वा सादा पानी पिउनु नै स्वास्थ्यका लागि सबैभन्दा उत्तम विकल्प हो।
स्रोत : डा:ओम मुर्ति अनिल
वि.सं.२०८३ जेठ २४ आइतवार १६:१३ मा प्रकाशित






























