back
CTIZAN AD

सुदूरपश्चिम सरकार : कांग्रेससँगै एकिकृत समाजवादी पनि सत्तामा

वि.सं.२०७९ माघ २७ शुक्रवार

966 

shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

यसअघि गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका एमालेका नेता राजेन्द्र रावलको बिहीबार मुख्यमन्त्री पद गुमेपछि नेपाली कांग्रेस संसदीय दलका नेता शाह बिहीबारै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

शाहलाई शुक्रबार प्रदेश प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

साहले आज मुख्यमन्त्रीको सपथ लिएसँगै सानो आकारको मन्त्रिमण्डल समेत विस्तार गरेका छन् । केन्द्रमा सरकारलाई समर्थन दिएपनि सरकारमा सहभागी नभएको एकिकृत समाजवादीले सुदूरपश्चिम सरकारमा भने मन्त्री पद लिएको छ ।

मुख्यमन्त्री शाहले कांग्रेसका सांसद प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा हुन् । साथै एकिकृत समाजवादीका नरेश शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका छन्  । यो सँगै नेकपा एकिकृत समाजवादी सुदूरपश्चिमबाट सत्तामा प्रवेश गरेको छ ।

वि.सं.२०७९ माघ २७ शुक्रवार १६:३० मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...