back
CTIZAN AD

पूर्वराजा ज्ञानेन्द्र भन्छन्–राजनीतिक दलहरु र राजसंस्थाबीच सहकार्य गरौं

वि.सं.२०७९ फागुन ७ आइतवार

735 

shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले लामो विरासत बोकेको राजनीतिक दल र एतिहासिक विरासत बोकेको राजसंस्थावीच सहकार्य गनुपर्ने बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा आइतबार शुभकामना दिँदै शाहले भनेका छन् ‘अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन ।’

शाहले नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने आफ्नो वंशको परम्परा र संस्कार रहेको बताउँदै शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि आफुहरुले सम्यमता र देशभक्ति नगुमाएको सन्देशमा भनेका छन् ।

‘र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अधोगति प्रति अब हामी मौन रहन सक्दैनौं । यी यावत वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ ।’ उनले भनेका छन् ।

उनले राजनीतिक दलका नेताहरु देश र जनता भन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा फसेको आरोप लगाउँद्यै तिनका धेरै कार्यकर्ताहरुमा राजनीतिक छत्रछाया नभइ जीवनमा केही हासिल गर्न सकिदैन भन्ने मनोभाव विकसित गरिएको समेत उनले बताएका छन् ।

वि.सं.२०७९ फागुन ७ आइतवार ०९:१७ मा प्रकाशित

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...