back
CTIZAN AD

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलको बैठक बस्दै

वि.सं.२०७९ फागुन २७ शनिवार

873 

shares

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलहरुको बैठक बस्दैछ ।

आज बिहान नौ बजेदेखि उपराष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको र त्यस अगावै सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान साढे ८ बजे बस्न लागेको हो ।

आगामी चैत ३ गतेका लागि तोकिएको उपराष्ट्रपति निर्वाचनका लागि सत्ता साझेदार दलहरु, नेकपा एमाले लगायतका विभिन्न राजनीतिक दलहरु आ–आफ्नो पार्टीको बैठक बसेर उम्मेदवारको टुंगो लगाउँदै छन् ।

यसअघि सत्ता साझेदार दलहरुबीच उपराष्ट्रपति पद जनता समाजवादी पार्टी (जसपा) ले पाउने बताइए पनि त्यसको टुंगो लागिसकेको छैन । यद्यपी जसपाले संसदीय दलका नेता रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

वि.सं.२०७९ फागुन २७ शनिवार ०८:२५ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...