back
CTIZAN AD

थप आकासियो महँगी

वि.सं.२०७९ फागुन २८ आइतवार

1.2K 

shares

काठमाडौं । माघ महिनामा मात्रै महँगी झण्डै डेढ रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको तथ्याङ्कअनुसार माघमा वार्षिक बिन्दुगत आधारमा मुद्रास्फिती ७.८८ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै डेढ रुपैयाँले बढी हो । अघिल्लो बर्ष मुद्रास्फिती दर ६.२४ प्रतिशत थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको पुस महिनामा मुद्रास्फिती ७.२६ प्रतिशत रहेको थियो । पुस महिनामाभन्दा माघ महिनामा शून्य दशमलब ६२ प्रतिशतले मुल्यवृद्धि भएको छ । यो अवधिमा सबैभन्दा धेरै गैरखाद्य पदार्थतर्फको मूल्यबृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । गैरखाद्यतर्फ पनि सबैभन्दा बढी यातायात उपसूचक समूहको मूल्य १५.५८ प्रतिशतले बढ्दा सबैभन्दा कम मनोरञ्जन तथा संस्कृति तर्फको ८.८१ प्रतिशतले महंगी बढेको छ ।

उच्च व्यापार घाटा

चालु आर्थिक वर्षको समिक्षा अवधिमा पनि व्यापार घाटा भने उच्च भएको छ । तथापि गत वर्षको सोहि अवधिको तुलनामा निर्यात तर्फ २९ प्रतिशतले कमि आई रु ९३ अर्ब ४३ करोड कायम भएको छ, भने आयततर्फ १९.९ प्रतिशतले कमि आइ ९ खर्ब १९ अर्ब १७ करोड कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष सोहि अवधिमा निर्यात ८८.३ प्रतिशतले बढेको थियो भने आयत ४२.८ प्रतिशतले बढेको थियो ।
यद्यपी सरकारले वैदेशिक मुद्रा संचिति कम भएको भन्दै कतिपय बस्तु तथा सेवाहरुको आयतमा परिमाणात्मक बन्देज लगाउँदासमेत उच्च मात्रामा आयत हुनु र निर्यात समेत घट्नु चिन्ताजनक देखिएको छ ।

त्यस्तै देशबाट निर्यात हुने मध्यावर्ती तथा अन्तिम उपभोग्यवस्तुको निर्यात हिस्सा क्रमशः ५३.९ प्रतिशत तथा ४५. ५ प्रतिशत रहेको छ । पूँजीगत बस्तुको निर्यात भने निरासाजनक देखिएको छ । यस्ता बस्तुहरुको निर्यातको हिस्सा जम्मा ०.५३ प्रतिशत मात्र रहेको छ ।

विदेशबाट मध्यावर्ती तथा अन्तिम उपभोग्यवस्तुको आयत हिस्सा क्रमशः ५३.१ प्रतिशत तथा ३८.३ प्रतिशत रहेको छ भने पूँजीगत बस्तुको हिस्सा ८.६ प्रतिशत रहेको छ ।

रेमिट्यान्स २७ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाहमा २७.१ प्रतिशतले बृद्धिभएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष सोहि अवधिमा विप्रेषण आप्रवाहमा ४.४ प्रतिशतले गिरावट आएको थियो । माघसम्ममा ६ खर्ब ८९ अर्ब ८८ करोड विप्रेषण अप्रवाह भएको छ ।

याे पनि हेर्नुहाेस्

वि.सं.२०७९ फागुन २८ आइतवार १४:२८ मा प्रकाशित

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...