back
CTIZAN AD

भैरव जनता मावि पाल्पाका पूर्व विद्यार्थीद्वारा गुरुहरुलाई सम्मान

वि.सं.२०७९ फागुन २८ आइतवार

852 

shares

पार्वती थापा, काठमाडौँ । भैरव जनता मावि, भैरवस्थान पाल्पाका पूर्व विद्यार्थीहरुले पूर्वप्रधानाध्यापक तिलकराम पौडेललाई सम्मान गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लामो समय भैरव जनता माविमा अध्यापन गरेर हाल अवकाश प्राप्त प्रधानाध्यापक पौडेल, सोहि स्कुलमा अध्यापन गराएका पूर्वशिक्षक तथा हाल संकरापुर नगरपालिका काठमाडौं, शिक्षा शाखाका उपसचिव सुकदेव नेपाल र राष्ट्रिय बाणिज्य बैंक हार्थोक पाल्पाका तत्कालीन प्रमुख ठाकुर प्रसाद रेग्मीलाई पूर्व विद्यार्थीहरुले दोसल्ला ओढाएर सम्मान गर्दै मायाको चिनो प्रदान गरेका हुन् ।

उक्त सम्मान कार्यक्रममा २०४८ र २०५२ मा सोहि स्कुलबाट एसएलसी उत्र्तीण गरेका पूर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सम्मान ग्रहण गर्दै प्रधानाध्यापक पौडेलले उक्त स्कुलमा अध्यापन गर्दाको समय स्मरण गर्दै उपस्थित विद्यार्थीहरुको अझ प्रगतिको कामना गरेका थिए । उनले पछिल्लो समयमा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढिरहेको र उनीहरु पछि देश फर्किन नसकेकोमा दुःख व्यक्त गर्दै विदेशमा हासिल गरेको शिक्षा मातुभूमिमा लगानी गर्न सबैलाई आव्हान गरेका थिए ।

उनले देशमै बसेर पनि धेरै गर्न सकिने बताउँदै भैरव जनता माविबाट एसएसली उत्र्तिण गरेर उच्च शिक्षाका लागि विदेशमा पुगेका सबै पूर्वविद्यार्थीलाई विदेशमा आफुले सिकेको सिप, हासिल गरेको शिक्षा र आर्थिक रकम समेत देशको माटोमा लगानी गर्न अनुरोध गरेका थिए ।

उनले भैरव जनतामा अध्ययन गरेर उच्च शिक्षा तथा विभिन्न कामका लागि विदेश पुगेका र स्वदेशमा रहेका विद्यार्थीहरु संगठित भएर आफ्नो जन्मभूमि तथा आफुले शिक्षाका लागि पहिलो पाइला टेकेको विद्यालयको हितमा संगठित भएर कार्यगर्न समेत आग्रह गरेका थिए ।

उक्त अवसरमा पूर्व विद्यार्थीहरु जगत पोखरेल, डा.शुसील नेपाल, बिन्दु नेपाल, नितु कोइराला, महेश गोदार, डा. सन्तोष नेपाल, डा.बल बहादुर थापा (बाल्दर), निर्मला गौतम, अनु रेग्मी, रेनु रेग्मी, चन्दा थापा लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ फागुन २८ आइतवार १३:४३ मा प्रकाशित

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...