
पार्वती थापा, काठमाडौँ । भैरव जनता मावि, भैरवस्थान पाल्पाका पूर्व विद्यार्थीहरुले पूर्वप्रधानाध्यापक तिलकराम पौडेललाई सम्मान गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लामो समय भैरव जनता माविमा अध्यापन गरेर हाल अवकाश प्राप्त प्रधानाध्यापक पौडेल, सोहि स्कुलमा अध्यापन गराएका पूर्वशिक्षक तथा हाल संकरापुर नगरपालिका काठमाडौं, शिक्षा शाखाका उपसचिव सुकदेव नेपाल र राष्ट्रिय बाणिज्य बैंक हार्थोक पाल्पाका तत्कालीन प्रमुख ठाकुर प्रसाद रेग्मीलाई पूर्व विद्यार्थीहरुले दोसल्ला ओढाएर सम्मान गर्दै मायाको चिनो प्रदान गरेका हुन् ।
उक्त सम्मान कार्यक्रममा २०४८ र २०५२ मा सोहि स्कुलबाट एसएलसी उत्र्तीण गरेका पूर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै प्रधानाध्यापक पौडेलले उक्त स्कुलमा अध्यापन गर्दाको समय स्मरण गर्दै उपस्थित विद्यार्थीहरुको अझ प्रगतिको कामना गरेका थिए । उनले पछिल्लो समयमा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढिरहेको र उनीहरु पछि देश फर्किन नसकेकोमा दुःख व्यक्त गर्दै विदेशमा हासिल गरेको शिक्षा मातुभूमिमा लगानी गर्न सबैलाई आव्हान गरेका थिए ।
उनले देशमै बसेर पनि धेरै गर्न सकिने बताउँदै भैरव जनता माविबाट एसएसली उत्र्तिण गरेर उच्च शिक्षाका लागि विदेशमा पुगेका सबै पूर्वविद्यार्थीलाई विदेशमा आफुले सिकेको सिप, हासिल गरेको शिक्षा र आर्थिक रकम समेत देशको माटोमा लगानी गर्न अनुरोध गरेका थिए ।
उनले भैरव जनतामा अध्ययन गरेर उच्च शिक्षा तथा विभिन्न कामका लागि विदेश पुगेका र स्वदेशमा रहेका विद्यार्थीहरु संगठित भएर आफ्नो जन्मभूमि तथा आफुले शिक्षाका लागि पहिलो पाइला टेकेको विद्यालयको हितमा संगठित भएर कार्यगर्न समेत आग्रह गरेका थिए ।
उक्त अवसरमा पूर्व विद्यार्थीहरु जगत पोखरेल, डा.शुसील नेपाल, बिन्दु नेपाल, नितु कोइराला, महेश गोदार, डा. सन्तोष नेपाल, डा.बल बहादुर थापा (बाल्दर), निर्मला गौतम, अनु रेग्मी, रेनु रेग्मी, चन्दा थापा लगायतको सहभागिता रहेको थियो ।